आईसीसी विश्व क्रिकेट लिग, अमेरिकालाई नेपालले ३५ रनले हराए !
काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध ३५ रनको जित निकालेको हो। अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो। नेपालका लागि कसरण केसीले चार विकेट […]