२०८१ बैशाख २४, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

पोखरा ।  दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा नेपाल  भारतसँग  २-० ले पराजित भएको छ । यससँगै भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३औं सागमा पनि अधुरै रहन पुग्यो  ।

२०१० बाट लगातार सागमा भाग लिदै आएको महिला फुटबल टिम  तीनवटै संकरणको फाइनलमा पुगेको छ भने  अन्त्यमा  भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा इतिहास उल्ट्याउने धेरैले आशा गरे पनि बिगतको हारको बदला लिनबाट नेपाल चुकेको छ।

अन्तत  पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हरायो । उसका लागि दुबै गोल बालादेवीले गरिन् । खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् ।

फेसबुक प्रतिक्रियाहरु