hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetdeneme bonusuhepbethepbet giriscasibomsuperbetinbetparksüperbetinpadisahbet güncel girişsüperbetinjojobetsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu २ महिना अगाडि

काठमाडौं । एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको पहिलो बैठकमा गरेको सम्बोधन पार्टीको मूल्य मान्यताविपरीत भएको ठहर गर्दै उक्त धारणा सच्याएको छ ।

पार्टी सचिवालयले शुक्रबार बादलकाे उक्त अभिव्यक्तिबारे करिब ६ घण्टा लामो समीक्षा गरेको थियो । उक्त समीक्षापछि बैठकले एमालेको नेपाली सेना प्रहरी, कर्मचारी, अन्तर्राष्ट्रिय निकाय लगायतसँग मित्रवत् सम्बन्ध रहेको भन्दै स्पष्ट पारेको छ ।

महासचिव शंकर पोखरेलले नै बैठकपछि विज्ञप्ति जारी गर्दै बादलको उक्त धारणालाई करेक्सन गरेका छन् । बादलले संसदमा प्रधानमन्त्रीलाई बधाई दिने शैली पनि व्यंग्यात्मक थियो । त्यस्तै जनताले दिएको मतलाई पनि उनले अपमान गर्ने गरी षड्यन्त्रको कोणबाट बोलेका थिए ।

बादलले भनेका ती सबै कुराहरू एमालेले लोकतान्त्रिक प्रणालीका लागि अपनाएका मुलभूल एजेन्डाको प्रतिकूल रहेको बैठकको ठहर थियो ।

‘उहाँ एमाले त आउनु भयो, तर अहिले पनि उहाँको बुझाइ माओवादीमा रहेका बेलाको भन्दा फरक रहेनछ’, आजको बैठकपछि एक शीर्ष नेताले भने, ‘उहाँले एमालेका मन्यता बुझ्न बाँकी नै रहेको देखियो ।’

एमालेको आजको बैठकमा सचिवालयका अधिकांश नेताले उनको अभिव्यक्ति ठीक नभएको भन्दै यसलाई पार्टीको नीति अनुसार स्पष्ट पार्नुपर्ने नेताहरूले बताए

फेसबुक प्रतिक्रियाहरु