hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobethepbethepbet girisjojobetsüperbetinsuperbetinsüperbetin girişbetparksüperbetinpadisahbet güncel girişsüperbetinsuperbetinjojobet
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ६ वर्ष अगाडि

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा नेपालले अमेरिकाविरुद्ध जित दर्ता गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा  पहिला ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध  ३५ रनको जित निकालेको हो।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि  पहिलो ब्याटिङ गरेको नेपालले ४९ दशमलव दुई ओभर खेल्दै १९० रन बनाएको थियो।  नेपालका लागि कसरण केसीले चार विकेट लिए भने सुशन भारी तीन विकेट लिए। सन्दीप लामिछाने दुई विकेट लिए । कुशल मल्लले एक विकेट लिए।

खराब सुरुवात गरेको नेपालले अमेरिकालाई १९० रनको चुनौती दिएको थियो। नेपालका भरपर्दा ब्याटस्म्यान शरद भेषवाकर घाइते भएपछि सुवास खकुरेल तीन रनमै पभेलियन फर्किए।

कप्तान ज्ञानेन्द्र मल्ल २१ रनमा आउट भए। उपकप्तान दीपेन्द्रसिंह ऐरी शून्य रनमै पभेलियन फर्किए। पारस खड्का १९ रनमा आउट भए। खेलको २१औँ ओभरमा आरिफ शेख दुई रन बनाएर पभेलियन फर्किए।

बायाँ हाते अलराउण्डर कुशल मल्लले ५१ बल खेल्दै ५० रन बनाए बनाएर नयाँ रेकर्ड बनाए।
तीन छक्का र चार चौकासमेत प्रहार गर्दै कुशलले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतकको रेकर्ड बनाएका हुन्।

यस्तै विनोद भण्डारीले ५९ रन बनाए। उनले ७९ बल खेल्दै एक छक्का र छ चौका हाने। करन केसीले १२ तथा सुशन भारीले ११ रन बनाए।

अमेरिकाका लागि क्यामरोन स्टिभनले तीन तथा रुस्टी थेरन र कप्तान सौरभ नेत्रवल्कारले दुई दुई विकेट लिए। करिमा गोर, इयान होल्यान्ड र एलमोर हुचिसेनले एक–एक विकेट लिए।

बुधबार नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो।

फेसबुक प्रतिक्रियाहरु