२०८१ जेष्ठ ५, शनिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतका विभिन्न खेलमा नेपालले १५ स्वर्ण पदक जितेको छ। सागको दोसो दिनमै नेपालले कराते, तेक्वान्दो र  ट्रयाथलोन खेलमा गरी सबैभन्दा बढी १५ स्वर्ण जितेको हो।

करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाए। सातदोबाटोस्थित कभर्ड हलमा भएको करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा श्रेष्ठले पहिलो स्वर्ण पदक दिलाएका हुन्।

श्रेष्ठले पाकिस्तानका खेलाडीलाई फाइनलमा हराएर स्वर्ण पदक पक्का गरे। फाइनलमा मण्डेले २५.७२ अंक ल्याए भने पाकिस्तानका खेलाडी नाइमातुल्लाहले २४.५२ अंक मात्र ल्याए।यसअघि १२ औँ सागमा नेपालले यस प्रतियोगितामा भाग लिएको थिएन।

यस्तै, महिला टिम कातामा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ।काता खेलाडी निर्मला तामाङ, संगीता मगर र शरु कार्की रहेको समूहले स्वर्ण जितेको हो।

महिला टिम कातामा  पाकिस्तानले रजत जितेको छ। नेपालले २४‍.८८ अंक प्राप्त गर्यो  भने पाकिस्तानले २३.३ अंक हात पारेको हो।

यस्तै, करातेको पुरुष टिमतर्फबाट कातामा श्रीलंकालाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ। काता खेलाडी मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर रहेको समूहले स्वर्ण जितेको हो।

करातेको व्यक्तिगत पुरुष काता प्रदर्शनमा नेपालका मन्डेकाजी श्रेष्ठले स्वर्ण पदक दिलाएका छन्। ८४ केजीमाथिको समूहमा विप्लवमान श्रेष्ठले पनि स्वर्ण जितेका छन्। उनले पाकिस्तानी खेलाडी वाइस मोहम्मदमाथि ६(५ को जित निकालेका हुन्।

यस्तै ४५ केजीमुनिको समूहमा कुसुम खड्काले स्वर्ण पदक जित्न सफल भएकी छन्। ५० केजी भन्दा तलको तौल समूहमा करातेकी अनु अधिकारीले पनि  स्वर्ण पदक जितेकी छन्। उनले श्रीलंकाकी खेलाडीलाई हराउँदै स्वर्ण जित्न सफल भएकी हुन्।

करातेकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छन्। महिला ५० केजीभन्दा तल तौल समूहमा श्रीलंकाकी खेलाडीलाई हराउँदै अधिकारीले स्वर्ण जित्न सफल भएकी हुन्। यसअघि उनी बंगलादेशकी खेलाडीलाई हराउँदै फाइलनमा प्रवेश गरेकी थिइन्।

यस्तै, ट्रयाथलोनमा पनि नेपालले स्वर्ण जितेको छ। सोमबार पोखरामा महिलातर्फ भएको प्रतिस्पर्धामा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी हुन्। नेपालले साग खेलकुदअन्तर्गत ट्रायाथोलनमा स्वर्ण पदक जितेको यो पहिलोपटक हो।

तेक्वान्दोमा पनि सात स्वर्ण

नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधातर्फ कुल ७ स्वर्ण जितेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३स्वर्णको प्रतिस्पर्धामा नेपालले सात स्वर्ण जितेको हो।

श्रीलंकाले तीन स्वर्ण जित्दा भारतले दुई र बंगलादेशले एक स्वर्ण हात पार्न सफल भयो। नेपालका लागि आयषा शाक्यले दुई स्वर्ण दिलार्ईन। दुई छोराकी आमा आयशाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जी वकुमार ओझासँग मिलेर) दुई स्वर्ण जितेकी हुन्। पार्वती गुरुङ, सिना मादेन र कमल श्रेष्ठले स्वर्ण जितेका छन्। नेपालले महिला टिम पुम्सेतर्फ १७–२९ वर्ष (निसा दर्नाल, स्वस्तीका तामाङ र सञ्जिला तिमल्सिना) र २३ वर्षमाथि (निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई) ले स्वर्ण जित्न सफल भए।

२९ वर्षमाथि व्यक्तिगततर्फ आयषाले स्वर्ण, भारतकी प्रजक्ता प्रकाशले रजक तथा श्रीलंकाकी गायत्री सन्दामर्ली र निसा महरुनले कांस्य पदक जिते। २९ वर्षमाथिकै जोडी पुम्सेमा आयषा र सञ्जीव कुमार ओझाको जोडीले स्वर्ण, पाकिस्तानका महरुन र सहबाज अहमदको जोडीले रजत तथा श्रीलंकाका लक्षमन एन्डिस र गायत्रीको जोडी र बंगलादेशका दिपु चक्मा र मौसुमको जोडीले कांस्य पदक जिते।

यसैगरी नेपालका लागि महिला पुम्सेतर्फ पार्वती गुरुङ र सिना मादेन तथा पुरुष पुम्सेमा कमल श्रेष्ठले स्वर्ण दिलाए। सिनाले १७ देखि २३ वर्ष, पार्वतीले २३ देखि २९ वर्ष र कमलले २३ देखि २९ वर्षउमेर समूहमा स्वर्ण जितेका हुन्। भारतकी रूपमा बायोरले रजत, श्रीलंकाकी इसुरी मेन्डिस र बंगलादेशका अकिरी अक्तेरले कांस्य जितिन्।पार्वतीले स्वर्ण जितेको विधामा श्रीलंकाकी रनपतिपुरा जयविरालले रजत, बंगलादेशकी नुरनहर अक्तेर र भारतकी हर्षा सिंघाले कांस्य पदक जिते। कमलले स्वर्ण जितेको विधामा

भारतका राहुल जैनले रजत, श्रीलंका निसाकां जयसिंघे र बंगलशादेशका मेहदी हसनले कांस्य जिते। १७ वर्षदेखि २३ वर्षउमेर समूहको व्यक्तिगत पुम्सेमा भने नेपालका कृष्णबहादुर तामाङ रजत पदकमा खुम्चिए। श्रीलंकाका रनुकाप्रभाथ मेनिक पेडीले स्वर्ण जिते।

भारत लालथला मुइनपुइ र बंगलादेशका कमरुल इस्लामले कांस्य पदक जिते। पुरुष २९ वर्षमाथिको पुम्सेमा बंगलादेशका दिपु चक्माले स्वर्ण, श्रीलंकाका लक्षमन एन्ड्रिसले रजत तथा नेपालका रेजिन धिमाल र भारतका गाङफुङ गाङ्ले कांस्य पदक जिते। १७ देखि २३ वर्ष उमेरसमुहको पेयर पुम्सेमा श्रीलंकाले स्वर्ण, भारतले रजत तथा नेपाल र बंगलादेशले कांस्य पदक जिते।

२३ वर्षदेखि २९ वर्षउमेर समूहको पेयर पुम्सेमा भारतले स्वर्ण जित्दा गौरव सिंह र हर्षा सिंघेको जोडीले स्वर्ण जिते। श्रीलंकाकाले रजत तथा नेपालका जीतबहादुर बोट र पार्वती गुरुङ तथा बंगलादेशका मेहदी हसन र नुरनहरले कांस्य पदक जिते।अन्नपुर्ण पोस्ट बाँट

फेसबुक प्रतिक्रियाहरु