२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu १ वर्ष अगाडि

चितवन: धुर्मुस सुन्तली फाउन्डेसनले अलपत्र छाडेको गौतम बुद्ध क्रिकेट  रंगसालाको समस्या केहि  दिन भित्रै समधान हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अबको एक हप्ता वा दुई हप्ता भित्र अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने बताएका  हुन  ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण थालेको रंगशालाको उधारो र ऋण गरेर करिब १८ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताएको छ । रंगशाला निर्माणको स्वामित्व र दायित्व महानगरपालिकालाई लिन फाउन्डेसनले पत्राचार गरे पनि थप प्रक्रिया अघि बड्न सकेको  छैन ।

फेसबुक प्रतिक्रियाहरु