२०८१ बैशाख २४, सोमवार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई ११ लाख सम्म दिने घोषणा गरेको छ ।

बुधबार १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई बधाई दिन बालुवाटार बोलाएका प्रधानमन्त्रीले   स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ र  एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने  घोषणा गरेका हुन्  ।

यसैगरी  स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई जनही ५ लाख, स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले  ५ लाख रुपैयाँ पाउनेछन् ।

रजत जित्नेलाई ६ लाख र कांस्य जित्नेलाई ३ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पुरस्कारसम्बन्धी कार्यविधि मन्त्रिपरिषदले पारित गरेपछि सबै प्रश्‍नको हल हुने बताए ।

काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक जितेको छ ।

यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु