२०८१ जेष्ठ ५, शनिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौं : नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा ४-० ले  विजयी भएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोलले हराए ।

एकपक्षीय प्रदर्शन गरेको नेपालको जितमा कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक एक गोल गरे ।

सुजलले पाँचौं र ५१औं मिनेटमा गोल गरेका थिए । अभिषेक रिजालले ६७औं मिनेटमा गोल गरे । ७७औं मिनेटमा मिक्छेन तामाङले गोलगर्दै नेपाललाई सहज जित दिलाए । यस जितसँगै तीन अंक बनाएको नेपाल शीर्ष स्थानमा छ ।

दुई खेल सकेको भुटानको पनि तीन अंक छ । श्रीलंका र माल्दिभ्सले एक एक अंक बनाएका छन् । यसैगरी मंगलबार नै भएको अर्को खेलमा बंगलादेश र माल्दिभ्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बंगलादेशले ३०औं मिनेटमा माल्दिभ्सको कप्तान अक्रम अब्दुल घानीले आत्मघाती गोलबाट अग्रता लिएको थियो । ७०औं मिनेटमा माल्दिभ्सका इब्राहिम महोदीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

फेसबुक प्रतिक्रियाहरु