२०८१ जेष्ठ ५, शनिबार
  • Pramesh Tamu ४ वर्ष अगाडि

काठमाडौँ : काठमान्डौमा हुने १३ औ दक्षिण एसियाली खेलकुदको लागि ओलम्पि टर्च र्याली  सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं १३ औं दक्षिण एसियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले,  नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्‍याली सुरु भएको छ ।

त्यसपछि प्रदेश १ को राजधानी विराटनगरबाट टर्च र्‍याली सुरु हुनेछ । जनकपुर, हेटौंडा, बुटवल, सुर्खेत, धनगढी र पोखरा हुँदै र्‍याली काठमाडौं आउने तालिका छ ।

र्‍यालीमा १३ जना खेलाडीहरु समावेस छन् । खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी कराँतेका दीपक श्रेष्ठबाहेक १२ ओलम्पियन खेलाडी छन् । ओलम्पियनमा तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सकै राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ छन् ।

फेसबुक प्रतिक्रियाहरु