२०८१ जेष्ठ ६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्म–विश्वास बढ्नेछ ,उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,आजको शुभ अंक ३ रहेको छ ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,बैदेशिक यात्रा हुने सम्भावना छ,परिवारमा खुशी छाउनेछ,रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,रोजगारीको लागि आजको दिन राम्रो छ,आजको सुभ अंक ५ रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
चोटपटक को सम्भावना छ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पठन–पाठनमा प्रगति हुनेछ,रोकियाका कामहरु बन्नेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,नब ग्रहको प्राथना गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,आजको शुभ अंक २ रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ, समय राम्रो छ, शुभ कुराको सङ्केत मिल्नेछ ,चोटपटकको सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यापार व्यवसाय मध्यम रहेको छ,पारीवारिक सहयोग बढ्ने छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,आजको शुभ अंक ५ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आर्थिक संकट पर्नेछ,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
टाढाको यात्रा सम्भावना छ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ ,आजको सुभ अंक ४ रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सहयोगीहरूले काममा साथ दिनेछन्,मानसम्मानमा बृद्धि हुनेछ,रोकियाका कामहरु बन्ने छन्, बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक १० रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बोलीमा विचार गर्नु होला,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,जिबन साथी सग छुटिनु पर्ला,यात्रा घातक बन्न सक्छ,चोटपटकको सम्भावना छ,आजको अंक ८ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सानातिना कामको झमेला आउनसक्छ ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विश्वासको वातावरण बन्नेछ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ ,आजको सुभ अंक ८ रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु