hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetjojobetsüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin girişbetpark
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu २ वर्ष अगाडि

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उमेद्वार सुहाङ् नेम्बाङ्ले मतान्तर बढाउदै लागेका छन् ।

अहिले देउमाई नगरपालिकाको मतगणना चलिरहेको छ। देउमाई वडा नम्बर ५ को मतगणना भर्खरै सकिँदा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो पारेका छन्।

नेम्वाङले अहिलेसम्म १६९४४ मत पाएका छन्। भने उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ११२७३ मत पाएका छन्। नेम्वाङ र खड्काबीचको मतान्तर ५६७१ छ।

तेस्रो स्थानमा रहेका मूढा चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९०४४ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले २८०३ मत पाएका छन्।

१ लाख १५ हजार ८८९ जना कुल मतदाता भएको यहाँ शनिबार भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो। अब २७३४० मत गणना हुन बाँकी छ। २०७९ को चुनावमा यो क्षेत्रबाट एमाले उम्मेदवार सुवास नेम्वाङ विजयी भएका थिए। उनको निधनपछि उपनिर्वाचन भएको हो।

फेसबुक प्रतिक्रियाहरु