२०८१ जेष्ठ ३, बिहिबार
  • Pramesh Tamu २ हप्ता अगाडि

बझाङ :  बझाङ प्रदेशसभा–१ मा  नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बिजयी भएका छन् ।  उनी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् ।

उनका  निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।  यसअघि कांग्रेसले जितेको उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा भने एमालेले बाजी मारेको हो। २०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६ मत पाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु