२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ४ महिना अगाडि

टोकियोःटोकियोस्थित हानेदा विमानस्थलमा जापान एयरलाइन्सको बिमान दुर्घटनामा परेको छ ।

विमान अवतरणका क्रममा रनवेमा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि बिमान दुर्घटनामा परी  आगलागी भएको हो ।

एयरलाइनले दिएको पछिल्लो जानकारी अनुसार विमानमा सवार रहेका सबै ३६७ यात्रु र १२ चालक दलका सदस्यहरूलाई विमानबाट बाहिर निकालिएको छ । जापान एयरलाइन्सको उक्त विमानमा अवतरणका क्रममा रनवेमै जापान कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको समाचार एजेन्सी एनएचकेले बताएको छ । फिक्स्ड-विंग कोस्ट गार्ड विमानको चालक दलका एक सदस्य सो विमानबाट बाहिर निस्किन सफल भएपनि अन्य पाँच जना भने सम्पर्कविहिन रहेको बताइएको छ ।

एनएचकेका अनुसार दुर्घटनामा परेको कोस्ट गार्डको विमान सोमबार जापानमा गएको शक्तिशाली भूकम्पपछि आपूर्तिहरू पुर्‍याउन पश्चिमी जापानतर्फ गइरहेको थियो ।

एनएचकेले प्रसारित गरेको फुटेजमा जापान एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएर आगो लागेको देखाइएको छ । एनएचकेले दिएको जानकारी अनुसार उडान नम्बर ५१६ को जापान एयरलाइन्सको विमान होक्काइडोको उत्तरी प्रान्तको न्यू चितोसे एयरपोर्टबाट हानेदा प्रस्थान गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु