२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu १ वर्ष अगाडि

जापान: जापान सरकारले अप्रिल १ देखि, मानिसहरूले निश्चित सर्तहरूमा चालक बिना चल्ने कारहरू प्रयोग गर्न अनुमति दिने भएको छ ।

लेभल ४ सेल्फ ड्राइभिङ सवारी साधनको प्रयोगलाई सक्षम बनाउने सडक ट्राफिक ऐनमा समेत  संशोधन गरिएको छ। त्यो पूर्ण स्वायत्तता अन्तर्गत एक तह हो। मध्य जापानको इहेइजी सहरमा रहेको एउटा कम्पनीले पर्यटकका लागि ४ लेभल ४ कार सञ्चालन गर्न सरकारी स्वीकृति प्राप्त गरेको छ ।

तिनीहरू सार्वजनिक सडकको दुई किलोमिटर खण्डमा १२  किलोमिटर प्रति घण्टाको दरमा दौडने जनाएको छ भने जसले  सात जना यात्रुहरू बोक्नेछन्। सरकारले आगामी तीन वर्षभित्र देशका करिब ५० स्थानमा सेल्फ ड्राइभिङ यातायात सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।

अहिले सेल्फ-ड्राइभिङ प्रणाली विकास गर्ने केही कम्पनीहरूले स्थानीय सरकारहरूसँग सेल्फ-ड्राइभिङ प्रविधिहरूको  परीक्षण गर्ने  काम गरिरहेका छन्।

फेसबुक प्रतिक्रियाहरु