hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetdeneme bonusu veren sitelersüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

काठमाडौं:सरकारले एक क्विन्टल सुन तस्करी प्रकरण अनुसन्धानको जिम्मा  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ ।

अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन्।

उच्च सरकारी स्रोतका अनुसार, बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दीनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका थिए ।

छलफलमा सहभागी महान्यायाधिवक्ता पोखरेलले प्रधानमन्त्री दाहालले अनुसन्धानको कानूनी पाटोबारे जिज्ञासा राखेपछि संगठित अपराध देखिएपछि नेपाल प्रहरीमार्फत अनुसन्धान गर्नुपर्ने राय राखेको बताए ।

‘सुन बरामद भएपछि राजस्व चुहावट देखिएकाले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ, यसमा अन्यथा भएन । तर अनुसन्धान गर्दै जाँदा संगठित अपराधको तत्व फेला परेको रहेछ’, महान्यायाधिवक्ता पोखरेलले भने, ‘त्यसैले कानूनी व्यवस्था अनुसार संगठित अपराधको पाटोमा नेपाल प्रहरीले अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।’

लगत्तै प्रधानमन्त्री दाहालले राजस्व चुहावटको विषयमा विभागले मुद्दा अघि बढाउने र संगठित अपराधको पाटोमा सीआईबीले थप अनुसन्धान गर्न निर्देशन दिएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु