२०८१ बैशाख २०, बिहिबार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

भनिन्छ प्रेम जहाँ जती बेला पनि जस्तो अवस्थामा पनि हुनसक्छ । प्रेम गर्नका लागी न उमेर हेरिन्छ न जातभात नै भन्ने कुराको पछिल्लो उदाहरण बनेकी छिन् विश्वचर्चित फुटबलर नेइमारकी आमा ।

नेइमारले फुटबलका कारण नाम र दाम कमाइरहेका बेला उनकी ५२ बर्षीय आमानादिन गोन्कल्भेज अहिले नेमार भन्दा ६ बर्ष कान्छो मोडल संग डेटिङ गर्दै गरेको अवस्थाका तस्विरहरु भाइरल बनेसङ्गै चर्चा र विबादमा छिन् ।

२२ बर्षीय रामोस एक प्रोफेशनल गेमर हुन् । आँफुभन्दा दोब्बदर भन्दा पनि कम उमेरका ह्याण्डसम रामोससङ्गको तस्विर नादिनले इन्स्टाग्राममा पोस्ट गरेकी छिन । जहाँ दुईजनाले एक अर्कालाई अंकमाल गरेका छन। आफ्ना छोरा नेइमार भन्दा पनि ६ वर्ष कान्छा युवकको तस्विर पोष्ट गर्दै नादिनले इन्स्टाग्रामको क्याप्शनमा मायाको इमोजी राख्दै भनिन यसलाई बयान गर्न सकिदैन तपाई केवल अनुभव गर्नुहोस भनेर लेखेकी छिन् ।

नेमारले आफ्नी आमाको पोष्ट देख्ने बित्तिकै उनले टिप्पणी गर्दै भने सधै खुशी हुनुहोस् आमा, धेरै माया भन्दै नेमारले मुटुको ईमोजी पनि बनाएको देखिन्छ । नेइमारका बाबु आमा सन २०१६ मा एक अर्काबाट अलग भएका थिए।

View this post on Instagram

O inexplicável não se explica, se vive… ❤️

A post shared by Nadine Gonçalves (@nadine.goncalves) on

फेसबुक प्रतिक्रियाहरु