२०८१ बैशाख १६, आइतवार
  • Pramesh Tamu १ वर्ष अगाडि

टोकियो:  विश्व बैंकले गरेको  लैङ्गिक असमानता प्रतिवेदनमा जापान १०४ औं स्थानमा परेको छ ।  महिला आर्थिक अवसरहरूमा गरेको यो  वार्षिक सर्वेक्षणमा जापान १९० अर्थतन्त्रहरूमध्ये १०४ औं स्थानमा परेको हो  । ओईसीडीका ३८ सदस्य राष्ट्रहरु मध्य जापान तल्लो तहमा रहेको छ  ।

विश्व बैंकले बिहीबार आफ्नो पछिल्लो प्रतिवेदन सार्वजनिक गरेको हो । तलब, उद्यमशीलता, विवाह र पितृत्व लगायत आठ क्षेत्रमा आधारित आर्थिक लैङ्गिक असमानता हटाउन कानुन र नियममा कति प्रगति भएको छ भन्ने सर्वेक्षणले मूल्याङ्कन गरेको छ ।

सूचीमा शीर्ष १४  देशहरू प्रायः युरोपेली राष्ट्रहरु  बेल्जियम, डेनमार्क, फ्रान्स  र  क्यानडा पनि परेको छ ।

पुरुष र महिलाले समान कामको लागि समान पारिश्रमिक पाउने कानुनको अभाव र कार्यस्थलमा हुने यौन दुव्र्यवहारलाई दण्डित गर्ने कानुन पनि मुलुकमा  नभएको बताइएको छ । 

प्रतिवेदनले विश्वभर करिब २.४ अर्ब कामदार महिलालाई पुरुष सरह कानुनी अधिकार नभएको देखाएको छ । यसले देशहरूलाई महिलाहरूको लागि खेल मैदानलाई समेत स्तरोन्नति गर्न व्यापक कार्यहरू गर्न आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु