hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetdeneme bonusu veren sitelersüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu ३ वर्ष अगाडि

टोकियो: दुबै मृगौला फेल भइ उपचारको क्रममा रहनुभएका पत्रकार प्रेम स्याङ्तान लामाको उपचारार्थ पत्रकार महासंघ  जापानले  २ लाख रुपैया बढ़ी आर्थिक सहयोग गरेको  छ ।

नेपाल पत्रकार महासंघ जापान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको सहयोगमा २ लाख ५ हजार आर्थिक सहयोग गरेको हो ।

सन २००६ देखी पत्रकारीतामा क्रियासिल पत्रकार स्याङ्तान मुटु, सुगर तथा मृगौला सँम्बन्धि रोगबाट पिडीत भई राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत हुनुहुन्छ । पीडितको आर्थिक अवस्था कमजोर रहनुको साथै उपचारको लागि धेरै खर्च हुने भएपछि नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मिँयाले नेपाल पत्रकार महासंघ जापान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानलाइ आर्थिक सहयोगको लागि अनुरोध गर्नुभएको थियो ।

पत्रकार महासंघ कतार शाखाका पूर्व सह-सचिव तथा तत्कालिन राजधानी साप्ताहिक कतारका संवाददाता समेत रहेका पत्रकार लामाको सीघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक संकलन सहयोग नेपाल पत्रकार महासंघ केन्द्र मार्फत आज बुधबार जापान मनी एक्सप्रेसबाट नेपाल पठाएको छ । १० दिनको समय जुन ६ तारिखसम्म नेपाल पत्रकार महासंघ जापानले सुरु गरेको सहयोग संकलन अभियानलाइ सफल बनाउन र नेपाली पत्रकार जो जहाँ रहेतापनि समस्या पर्दा एक अर्कामा सहयोग गर्नुपर्छ भन्ने सन्देश दिन अभियानको लागि हातेमालो गरेको फोनिज जापान अध्यक्ष फुर्वा शेर्पाले बताउनुभयो ।

पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, वर्तमान अध्यक्ष शान्त पहरी, कोषाध्यक्ष अर्जुन लामिछानेको सहभागितामा जेएमईकी ललिता तामाङले आज उक्त सहयोग पठाएको स्लिप हस्तान्तरण गर्नु भयो । छोटो समय संचालन भएको सहयोग संकलन अभियानमा साथ दिनुहुने सम्पुर्ण जापानबासी नेपाली बिभिन्न मिडियामा आबद्द पत्रकार र संघसंस्थाहरुलाइ महासंघ अध्यक्ष शान्त पहरीले धन्याबाद ब्यक्त गर्नुभयो । रोशी गाउँपालिका १२ केराबारी, काभ्रे स्थायी ठेगाना भएका ४१ बर्षिय लामाको १ र ५ बर्षका २ छोरी र श्रीमती छन ।

फेसबुक प्रतिक्रियाहरु