टोकियो: टोकियो लगाएत साईतमा, चिबा र कानगावा क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या अत्याधिक बढिरहेकोले यो क्षेत्रहरुमा आपतकालिन अवस्थाको घोषणा गर्न केद्रीय सरकारलाई आग्रह गर्ने भएको छ ।
टोकियोमा बिहिबार कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या अहिले सम्मकै उच्च एक हजार ३ सय ३७ र सुक्रबार ७ सय ८३ जना रहेको छ । अस्पताल भर्ना हुने बिरामीको संख्या उच्च भएपछी टोकियोका मेडिकल संस्थानहरू कठोर तनावमा रहेको विशेषज्ञहरूले बताएको छ ।
टोकियोका गभर्नर कोइके यूरिको र तीन छिमेकी प्रान्तका गभर्नरहरूले चाँडै आपतकालीन घोषणाको लागि जापानको आर्थिक पुनरुद्धार मन्त्री निशिमुरा यासुतोशीसँग भेट गर्ने बताइएको छ ।
महानगरीय सरकारले अनावश्यक आवागमनबाट टाढा रहन र नयाँ वर्षको अवधिमा बाहिर नजान घरमा शान्त रहन र धेरै खर्च नगर्न आग्रह गरेको छ।