hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetdeneme bonusu veren sitelersüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu १० महिना अगाडि

टोकियो: तमु धीं जापानको २७ औं रोधीं  साँझ  सम्पन्न भएको छ ।  जापानको राजधानी टोकियो स्थित  “मेगुरो कुमिन” हलमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित तमु धीं जापानको २७ औं रोधीं   शृङ्खला आइतबार   सम्पन्न भएको हो ।

कार्यक्रममा जापानलाइ  कर्म थलो बनाइँ बसेका  स्थानीय  कलाकारहरुले  नेपाली तथा गुरुङ समुदायको सँस्कृति झल्कने रोधीं जस्ता   विभिन्न  गीत तथा नृत्यहरु प्रस्तुत गरी मनोरंजन दिलाएका थिए ।  भने नेपालबाट अमंत्रित  गुरुङ भाषा गीतका सर्जक तथा गायक राज बहादुर गुरुंङ्गले “गलबन्दि, ङोलो राजालाई’ जस्ता आफ्नो चर्चित गित गएर मनोरंजन दिलाएका थिए । गायक अमर गुरुङ, रुपेश गुरुङ, दिपेश गुरुङ लगाएतका कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए ।  गायक रुपेश गुरुङ र शर्मिला गुरुङको “मेरो माया” बोलको गित अहिले चर्चामा छ ।

तमु धीं जापानका अध्यक्ष हिमालि गुरुङको सभापतित्वमा  सम्पन्न उक्त कार्यक्रम जापानका लागि नेपालि  राजदुत दुर्गा बहादुर सुबेदीको  प्रमुख अतिथि रहेको थियो भने   जनजाती महासंघ जापानका अध्यक्ष श्री गुरूङ, NRNA ICC का रबिन शेरचन,  ओम गुरुङ NBA जापानका अध्यक्ष बिजय थकाली लगायत विभिन्न जातिय, राजनैतिक र सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । अतिथि, प्रमुख अतिथि, बिशेष अतिथिहरुले सयुक्त रुपमा रिबन काटी कार्यक्रमको उद्घाटन गरेका थिए ।    NRNA जापानका नब निर्बाचित अध्यक्ष शुबास लामिछाने भने कार्यक्रममा केहि ढिला गरि उपस्थित भएका थिए ।

कार्यक्रममा तमु धीं जापानका सास्कृतिक संयोजक अरमान गुरुङ्गले स्वागत मन्तब्य दिएका थिए भने जापानका लागि नेपाली राजदुत दुर्गा बहादुर सुबेदी,आदिबासी जनजाती जापानका अध्यक्ष श्री गुरुङ NRNA ICC उपाध्यक्ष रबिन शेरचन,  NRNA ICC सदस्य ओम गुरुङ NBA जापानका अध्यक्ष बिजय थकाली लगाएतकाले शुभकामना मन्तब्य दिएका थिए ।

औपचारिक कार्यक्रम तमु धीं जापानका सचिब टेकन गुरुङले संचालन गरेका थिए । थिए भने सांस्कृतिक कार्यक्रम युक्तमन गुरुङ,आयसा गुरूङ, प्रिती गुरुंगले संचालन गरेका थिए ।  कार्यक्रममा मेरो डान्स युनिभर्स टप १९ मा पुग्न सफल ट्रष्टमी गर्बुजा मगरलाई सम्मान गर्नुका  साथै NRNA जापानका  नब निर्बाचि सदस्यहरु ,  आजिबन सदस्यहरु, कार्यक्रम सहयोगीहरुलाई समेत सम्मान गरेका थिए ।

 

 

 

फेसबुक प्रतिक्रियाहरु