२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ३ वर्ष अगाडि

टोकियो: टोकियो लगाएत  साईतमा, चिबा र कानगावा क्षेत्रमा कोरोना भाइरस संक्रमितको संख्या अत्याधिक बढिरहेकोले यो क्षेत्रहरुमा आपतकालिन अवस्थाको घोषणा गर्न केद्रीय सरकारलाई आग्रह गर्ने भएको छ ।

टोकियोमा बिहिबार कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या अहिले सम्मकै उच्च एक हजार ३ सय ३७ र सुक्रबार ७ सय ८३ जना रहेको छ । अस्पताल भर्ना हुने बिरामीको संख्या उच्च भएपछी टोकियोका मेडिकल संस्थानहरू कठोर तनावमा रहेको विशेषज्ञहरूले बताएको छ ।

टोकियोका गभर्नर कोइके यूरिको र तीन छिमेकी प्रान्तका गभर्नरहरूले चाँडै आपतकालीन  घोषणाको लागि जापानको  आर्थिक पुनरुद्धार मन्त्री निशिमुरा यासुतोशीसँग भेट गर्ने बताइएको छ ।

महानगरीय सरकारले  अनावश्यक आवागमनबाट टाढा रहन र  नयाँ वर्षको अवधिमा बाहिर नजान  घरमा शान्त रहन र धेरै  खर्च नगर्न आग्रह गरेको छ। 

फेसबुक प्रतिक्रियाहरु