२०८१ जेष्ठ ६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो वर्ष समग्रतामा अनुकूल वर्ष नै रहने छ । वर्ष प्रवेशको समयमा नीच गृहमा बसेको भाग्येश बृहस्पतिले कार्यक्षेत्रमा बाधा पुर्याउने सम्भावना देखिन्छ । सन्तान पक्षबाट शुभ समाचार नै प्राप्त हुनेछ । चेलीबेटी र कुटुम्ब पक्षमा वैरभाव छ भने अब सुसम्बन्ध कायम हुनेछ । कुटुम्ब र नातेदारसँगै कतै यात्रा वा भ्रमणमा निस्कन पनि सक्नुहुन्छ । दैनिकी र निरन्तरदेखि चलिआएका काममा कुनै रोकटोक हुनेछैन । उच्च पदस्थ व्यक्ति वा ठूला व्यवसायीसितको उठबस र मेलमिलापले पद बढ्ने, व्यापारिक लाभ पाइने र धन सञ्चय गर्न सघाउ पुग्ने परिस्थिति बन्नेछ । वर्षको उत्तरार्द्धमा भाग्यवृद्धि हुनेछ । सेयर कारोबारबाट लाभ मिल्नेछ । घरायसी वातावरण आनन्ददायी रहने छ । यो वर्ष छात्रछात्राले बढी मिहिनेत गर्नुपर्ने वर्ष हो । मांगलिक कार्य सम्पन्न हुन सक्दैन, सम्पादन गर्नै परेमा ऋणभार बढ्ने संकेत छ । नोकरीमा पदोन्नतिको योग छ । मातापिताको स्वास्थ्यस्थितिमा उतार चढाव भइरहने छ । नयाँ सम्पत्ति वा घरघडेरी किनमेल गर्न अनुकूल वर्ष रहेको देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो वर्ष सुख बृद्धि हुने वर्ष हो, तर आयका दृष्टिकोणले सामान्य समय देखिएको छ । शनिश्चरमा बक्रता आउने हुँदा श्रावण २१ गतेदेखि मंसिर ०१ गतेसम्म पुनः अढैया शनिको प्रकोप दोहोरिने समय छ । ऋणभार बढ्नाले मानसिक कष्ट बढ्ने छ । केही अप्रिय घटनाहरूसमेत घटित हुन सक्छन् । व्यवसायमा अत्यधिक संघर्ष र परिश्रम गरेपछि मात्र आम्दानी सहज हुनेछ । वाणिमा नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ, नत्र बन्नै लागेको काम पनि आफ्नै बोलीको प्रभावले बिग्रने डर हुन्छ । दाजुभाइ र दिदीबहिनीले आफ्नो कार्यक्षेत्रमा सफलता पाउने छन् । भूमि, भवन, वाहन आदिको क्रयरविक्रयका निमित्त शुभ समय छैन । विद्यार्थीहरूले पठनपाठनको क्षेत्रमा ध्यानकेन्द्रित गर्न सक्दैनन् । सन्तान पक्षबाट सहयोग नै मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आइरहने छ । कर्मचारी र कामदारले कडा मिहिनेत र संघर्ष गर्नुपर्ने समय छ । बन्धुवान्धव, मित्र र सहयोगीले काममा सरसहयोग नै गर्ने परिस्थिति देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो वर्ष अष्टम भावको शनिश्चरको अढैया दशाको वर्ष हो । विरोधी सक्रिय हुनेछन् । न्यायिक क्रियाकलापमा अनावश्यक दौडधूप र बाधा हुने परिस्थिति छ । खर्चको मात्रा धान्नै नसकिने गरी अचानक बृद्धि हुनेछ । राजभयबाट मानसिक सन्ताप बढ्न सक्छ । आमा वा मातृपक्षका कुनै बृद्धबृद्धाको स्वास्थ्यस्थिति कमजोर हुने संकेत छ । महिला कर्मचारीले हाकिम वा सिनियरसित झगडा गर्ने र बाझ्ने परिस्थितिको निर्माण हुनसक्छ । पति वा पत्नीको स्वास्थ्यमा बाधा हुनेछ । व्यवसायमा खर्च बढी र लाभ कम हुने समय हो । सन्ततिले उन्नतिरप्रगति गर्नेछन् । नोकरीमा बढुवा र प्रशंसा पाउने समय हो । मातापिताको सद्भाव र आशीर्वाद प्राप्त हुनेछ । विद्यार्थीहरूले पठनपाठनमा रुचि देखाउने छैनन् । वर्षप्रवेशको समयमा राशिस्वामी बुधले कर्मक्षेत्रमा उपस्थिति जनाएको छ । साथै यस वर्षको राजा तपाईंको राशिस्वामी बुध नै हो । अतः प्रयास गर्नुभयो भने यो वर्ष तपाईंका लागि वरदान साबित हुन सक्ने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भाग्यले साथ दिएको वर्षका रूपमा नयाँ वर्ष २०७७ को आगमन भएको छ । सट्टापट्टाको काम वा सेयर मार्केटबाट लाभ पाउन सक्नुहुन्छ । मातापिताको सहानुभूति र सद्भाव प्राप्त हुनेछ । वर्षको पूर्वार्द्धमा भूमि, भवन, वाहनादिको क्रयरविक्रयका निमित्त शुभ समय रहने छ । सन्तानपक्षबाट शुभता नै प्राप्त हुनेछ, उनीहरूसँग भावनात्मक ढंगले पनि तालमेल हुनेछ । लामो समयसम्म छोराछोरीसँगै बस्ने अनुकूलता मिल्नेछ । दाम्पत्य जीवनमा वैचारिक मतभेद हुनेछ । नोकरीमा सरुवा हुने वा पेसा परिवर्तन हुने सम्भावना छ । स्वास्थ्यसम्बन्धी अल्पकष्ट अर्थात् सामान्य समस्या देखिन सक्छ । शेयर बजार, आयातरनिर्यातको काम, गहना र हीरारजवाहीरातको व्यापार आदिबाट लाभ पाइने समय छ । त्यस्तै पेटको समस्या छ भने रोगबाट आक्रान्त बन्न सक्नुहुन्छ । विद्यार्थीहरूले सफलता आर्जन गर्ने समय हो । नोकरीमा मानसम्मान मिल्नेछ । दाम्पत्य जीवनमा विश्वासको संकट देखा पर्नेछ । धार्मिक क्षेत्रको यात्रा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो वर्ष सिंह राशिका जातकका निमित्त शारीरिक पीडा र शत्रुभय लिएर आएको देखिन्छ । तर आयमूलक क्षेत्रमा उल्लेखनीय लाभको संकेत छ । अभिन्न मित्रहरूले सरसहयोग नै प्रदान गर्नेछन् । भौतिक सुखका निमित्त र विलासी वस्तुको खरिदमा धनव्यय हुनेछ । घरायसी समस्याको समाधान हुनेछ । भूमि, भवन र वाहनको क्रयरविक्रयका निमित्त यो वर्ष शुभ छ । छात्रछात्राले पनि यस वर्ष उच्च अंकका साथमा सफलता आर्जन गर्नेछन् । सन्तानपक्षसँग सामान्य मतभेद हुनसक्ने समय हो । न्यायिक र प्रशासनिक संकटको अन्त्य हुनेछ । जीवनसाथीको स्वास्थ्यमा बाधा हुनसक्छ, सानोतिनो चिरफार नै गर्नुपर्ने परिस्थिति बन्नसक्छ । विवाहयोग्य जातकहरूको वैवाहिक जीवन सुरु हुने सम्भावना पनि देखिन्छ । सरकारी कर्मचारीलाई कामको दायित्व थपिने र मान पाइने समय छ । सन्तान सुख मिल्नेछ । सन्तानको उन्नति प्रगति र संस्कारगत कार्य सम्पन्न हुनेछ । आम्दानीका नयाँ नयाँ स्रोतहरू देखा पर्ने वर्ष छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यो वर्ष उन्नतिकारक वर्ष हो । घरपरिवारका सबै सदस्यको समेत उन्नति हुनेछ । परिवारमा सुखद वातावरण सिर्जना हुनेछ । मित्रहरूबाट आवश्यक सरसहयोग पाइने छ । फंसेको धन र गुमेको प्रतिष्ठा उकास्ने समय हो । मनोरञ्जक क्रियाकलाप र सुखसुविधाका साधनहरूप्रति आकर्षण बढ्ने छ । भूमि, भवन र वाहन क्रयरविक्रय गर्ने वा साटफेर गर्ने प्रयास सफल हुनेछ । माता पितासँगको सम्बन्ध राम्रो हुनेछ, वहाँहरूको सद्भाव र आशीर्वचन प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षेत्रमा साख कायम राख्नेछन् । सन्तान पक्षबाट पनि सुख सन्तोष नै मिल्नेछ । विरोधी सक्रिय रहने समय हो । व्यवसायमा उन्नति र लाभ हुनेछ । नोकरीमा पदोन्नतिको योग छ । कुनै धार्मिक स्थलको यात्राको सम्भावना पनि देखिन्छ । न्यायिक र प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ । श्रावण २१ गतेदेखि मंसिर ०१ गतेसम्म शनिको अढैया प्रकोपको पुनरागमन हुने भएकाले उक्त अवधिमा सचेत हुनु आवश्यक देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो वर्ष तुला राशिका जातकका लागि शनिश्चर ग्रहको अढैया दशा चलिरहेको समय हो । अथक परिश्रम र प्रयास गर्दासमेत समुचित फलप्राप्तिमा कठिनाइ हुने समय छ । गरेका हरेक काममा विभिन्न बाधा अड्चन आइ लाग्नेछन् । विश्वासी व्यक्तिले धोका दिन सक्छ । चोरी र धूर्त्याइँका माध्यमबाट पनि धनहानिको योग बनेको छ । नयाँ ठाउँमा धन लगानी गर्नु, सेयर वा जग्गाजमिन खरिद गर्नु पनि फाइदाजनक नहुन सक्छ । घरायसी खर्चलाई नियन्त्रणमा राख्न सकिंदैन । आयको मार्गमा पनि कमी देखिने छ । माता पितासँगको सम्बन्धमा तिक्तता आउन सक्छ । पतिपत्नीका बीचमा ठास्सठुस्स र मतभेद बढ्ने समय छ । न्यायिक वा प्रशासनिक काममा पनि गतिरोध हुने देखिन्छ । प्रेमजीवनमा पनि कटुता देखिने छ । यो वर्ष तपाईंले व्यक्तिगत स्वास्थ्यस्थितिप्रति समेत सचेत हुने वर्ष हो । अतः तुला राशिका जातकहरूका लागि नयाँ वर्ष २०७७ सफलता र असफलताको मिश्रणका रूपमा उपस्थित भएको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो वर्ष सामान्य लाभदायक वर्ष नै रहने छ । भर्खरै सिद्धिएको साढेसातीको प्रभाव पुनः श्रावण २१ गतेदेखि मंसिर ०१ गतेसम्म करीव तीन महिनाका निमित्त पुनरागमन हुने भएकाले यसले केही संघर्षपछि मात्र सफलता दिलाउने परिस्थितिको निर्माण हुनेछ । मित्रहरूले सहयोग गर्नेछन् । स्वास्थ्यमा सामान्य समस्या देखिने छन् । वाणि र व्यवहारमा संयम हुनुपर्ने समय हो, पाचनतन्त्रका रोगव्याधि र विषभयको समय भएकाले बाह्य भोज्यपदार्थ र खानपानमा नियन्त्रण गर्नु राम्रो हुन्छ । मांगलिक कर्म सम्पादन गर्दा सञ्चित धनको नाश हुनेछ । दाजुभाइ र दिदीबहिनीसँग चलिरहेको मतभेदमा कमी हुनेछ र सम्बन्ध पनि सुध्रिने छ । जीवनसाथीसित अल्प वियोगको सम्भावना देखिंदैछ । विद्यार्थी वर्गले लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्नुपर्ने हुन्छ । न्यायिक क्षेत्रमा सफलता पाइने छ । विरोधी परास्त हुनेछन् । धर्मकर्ममा रुचि बढ्ने छ । व्यापारी र कर्मचारीले यो वर्ष शुभफल पाउने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका जातकहरूलाई शनिको साढेसातीको प्रभाव रहेको समय हो । त्यसैले नवीन कारोबार वा व्यवसाय थालनी गर्नुपूर्व गम्भीरतापूर्वक सोचविचार गर्नु राम्रो हुनेछ । सप्तम भावमा राहु र शनिश्चरको षडष्टक योग सिर्जना हुन गएकाले वर्षभरि पारिवारिक कलहको वातावरण बन्नेछ । कुटुम्ब वा छिमेकीसँग सम्पत्तिको लेनदेनको विवाद र झगडा हुने समय छ । विद्यार्थी, परीक्षार्थी र प्रतियोगीले लक्ष्यमा पुग्न र सफलता आर्जन गर्न कडा मिहिनेत गर्नुपर्ने हुन्छ । भूमि, भवन र वाहनको क्रयरविक्रयको योग छ । कर्मचारीले हर्षित हुने खबर सुन्नपाउने छन् । कार्यक्षेत्रमा सुखद वातावरण सिर्जना हुनेछ । न्यायिक र प्रशासनिक काम यथावत् सञ्चालन हुनेछन् । पछाडि उछित्तो काड्ने र षड्यन्त्रको तानाबुना रच्नेहरू सक्रिय रहेको अवस्था छ । वाहन चलाउँदा र बाटो काट्दा सजग रहनुपर्छ, सामान्य दुर्घटनाको योग छ । ऋणभार बढ्ने र सञ्चित धनमालको नाश हुने परिस्थिति पनि रहेको देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यस वर्ष मकर राशिका जातकहरूले शनिको साढेसातीको प्रभाव भोग्नुपर्ने हुन्छ । दाम्पत्य जीवनमा क्लेश तथा सन्तानसँग मतभेद बढ्ने समय भएकाले संयमताको खाँचो पर्नेछ । वाहन दुर्घटनाको योग रहेकाले बाटो काट्दा, सवारी हाँक्दा र हातहतियारको प्रयोग गर्दा सचेतता अपनाउनु पर्ने हुन्छ । व्यवसायमा परिवर्तन हुने, फंसेको धन उकास्न दौडधूप गर्नुपर्ने र कर्मचारीको हाकिमसित वैरभाव बढ्ने समय छ । पहिले गरेको सानो त्रुटिका कारण कर्मचारीले मुद्दा खेप्नुपर्ने, सेवाबाट अवकाश लिनुपर्ने वा दण्डसजाय भोग्नुपर्ने परिस्थिति देखिन्छ । खिन्नता र अवसाद नै देखिए पनि सन्तानबाट सुखप्राप्त नै हुनेछ । मातापिताको स्वास्थ्यमा सुधार हुनेछ, सम्बन्ध सुमधुर बन्नेछ । व्यापारी वर्गमा बजारमा देखिने आकस्मिक उतारचढावले अकस्मात हानि ब्यहोर्ने परिस्थिति बन्नसक्छ । महिलाहरूका लागि यो वर्ष शारीरिक पीडा र अपमान सहनु पर्ने वर्ष छ । शिशुहरूमा पनि रोगव्याधि देखा पर्न सक्छ । विद्यार्थीहरूले परिश्रम गरेमा मात्र सफलता पाउने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यस वर्ष कुम्भ राशिका जातकहरूका लागि शनिश्चरको साढेसातीको प्रारम्भिक अवधि हो । यद्यपि श्रावण २१ गतेदेखि मंसिर ०१ गतेसम्म तपाईंको राशिमा साढेसातीको प्रभाव रहने छैन । यस अवधिमा चित्तमा उत्साह र उमंगको सञ्चार हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसितको सम्बन्ध नजिकिने छ । फंसेको धन उकास्ने प्रयास सफल हुनेछ । दाजुभाइ र दिदीबहिनीका सँग मतभेद बढ्ने सम्भावना छ । सम्पत्ति क्रयरविक्रय गर्नका निमित्त यो वर्ष राम्रो हुनेछ । मातापिता वा गाउँघरका वयोबृद्ध व्यक्तिहरूसित धार्मिक वा पर्यटकीय क्षेत्रको भ्रमण हुनेछ । विद्यार्थी र परीक्षार्थीले राम्रो सफलता हासिल गर्ने समय हो । पतिपत्नीमा तालमेल हुने समय छ । दाम्पत्य जीवन तथा सन्ततिसुखमा पनि शुभ प्रभाव नै रहने छ । नोकरीमा पदोन्नति वा लाभ पाउने समय हुनेछ । स्वास्थ्य प्रतिकूल हुने सम्भावना हुन्छ । त्यस्तै, जोखिम न्यूनीकरणका निमित्त तपाईंले अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि भएका जातकहरूका निमित्त साधारणतया लाभकारक र सुखबर्द्धक वर्ष हो । यो वर्ष काम त सफल हुन्छ, तर हरेक काम दोहोर्याउनु पर्ने वा मन्द गतिमा सम्पन्न हुने समय छ । पारिवारिक वातावरण सुखद रहने छ । कुटुम्बका बीचमा मनमुटाव वा कलहको स्थिति छ भने अब मेलमिलापको वातावरण कायम हुनेछ । धनागमका विविध मार्गहरूको उदय हुनेछ । नयाँ ठाउँमा कारोबार प्रारम्भ हुने वा नयाँ व्यवसायमा लगानी बढाउनु पर्ने परिस्थिति बन्नेछ । सुखसुविधा र भोगविलासका सामाग्रीहरू वा श्रृंगारिक सामाग्री र लक्जरियस वस्तुको व्यापार गर्नेले केही हदमा लाभ प्राप्त गर्नेछन् । यो वर्ष जग्गाजमिन खरिद गर्ने र पुरानो सम्पत्ति बेचबिखन गर्ने परिस्थिति समेत बन्नेछ । मातापिताको स्वास्थ्यबाधाले चिन्तित तुल्याउने वर्ष हो । विद्यार्थी, परीक्षार्थी र प्रतियोगीले बढी मिहिनेत गर्नुपर्ने समय छ । सन्तानपक्षबाट सुख हुनेछ । न्यायिक निकाय र अड्डा अदालतको काममा आंशिक सफल भइने छ ।

फेसबुक प्रतिक्रियाहरु