ठूला भ्रष्टाचारका सबै काण्ड छानबिन गरी भ्रष्टाचार गरेको सम्पति राष्ट्रियकरण गर्नुपर्छः युनिट्राभ
काठमाडौं । सक्कली नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौं रकम ब्रम्हलुट गर्नेहरुमाथि कडाभन्दा कडा कारबाही गनुपर्ने माग गर्दै देशैभरका पर्यटन श्रमिकहरुको खबरदारी अभियान शुरु भएको छ । नेपालीलाई लुटेर खान पल्किएकाहरु जो कोही भएपनि उन्मुक्ति दिन नहुने भन्दै पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल, ¥याफ्टिङ, एअरलाईन्स, सांस्कृतिक, पुरातात्विक, कार्गो, कुरियर श्रमिक यूनियन […]