२०८१ बैशाख १६, आइतवार
  • Pramesh Tamu ८ महिना अगाडि

काठमाडौँ — प्रतिनिधिसभाका प्रमुख राजनीतिक दलहरुबीच सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने समझदारी बनेको छ । सिंहदरबारमा भएको प्रतिनिधिसभाका राष्ट्रिय पार्टीहरुको बैठकले सीआईबीको अनुसन्धानसँगसँगै आयोगले पनि अनुसन्धान गर्ने गरी सहमति भएको हो । सहमति पत्रमा मंगलबार हस्ताक्षर हुनेछ ।

सुनकाण्डको विषयमा जाँचबुझ आयोग बन्ने र सीआईबीले पनि निरन्तर अनुसन्धान जारी राख्ने गरि सहमति जुटेको नेताहरुले बताएको छ ।  सहमतिको मस्यौदा तयार गर्न तीन सदस्य समिति गठन गरिएको छ । सीआईबीले गरिरहेको कामलाई हस्ताक्षेप नहुने गरि छानबिन गर्ने सहमति भएको छ ।
मस्यौदा समितिमा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् । समितिले तयार पारेको मस्यौदामा  हस्ताक्षर भएपछी  संसद्को बैठक सुचारु गर्ने सहमति भएको छ ।

फेसबुक प्रतिक्रियाहरु