२०८१ बैशाख २७, बिहिबार
  • Pramesh Tamu ९ महिना अगाडि

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले बिद्रोह गर्ने चेतावनी दिएका छन । पटक पटक  समय माग्दा पनि बोल्न नपाएको भन्दै शर्माले बिद्रोहको चेतावनी दिएको हो ।

एमाले अध्यक्ष ओलीसंगको भेटपछी देउबा र ओलीलाइ प्रधानमन्त्री बनाउने भन्दै मिडियासामु बोलेका शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाइ आतंककारी को संज्ञा समेत दिएका थिए ।

पटकपटक माग्दा पनि प्रमुख सचेतकले समय नदिएपछि आफूले मिडियासँग बोलेको उनले सुनाए ।

मोरङ ३ बाट निर्वाचित सांसद शर्माले बोल्न समय दिए पार्टीले भनेको निर्देशनभन्दा बाहिर नजाने बताए । उनले अघि भने, ‘तर पञ्चायत जस्तो बोल्न दिनु भएन भने म बिद्रोह गर्छु । सभामुखसँग समय माग्छु, दिनु भएन भने उभिन्छु ।’

पछिल्लो पटक आफूले अब पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर बोलेको समेत उनले सुनाए ।

शर्माले अघि भने, ‘मेरो पार्टी सभापतिलाई प्रधानमन्त्री बनाउँछु भन्दा गल्ती भयो भने फिर्ता लिन तयार छु ।’

फेसबुक प्रतिक्रियाहरु