२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ७ महिना अगाडि

५ असोज, काठमाडौं । नेपालको कृषि तथा पोषण क्षेत्रलाई सहयोग गर्न विश्व बैंकले करिब २ अर्ब ६५ करोड (२० मिलियन डलर) अनुदान स्वीकृत गरेको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना लागि उक्त अनुदान स्वीकृत गरेको हो ।

उक्त कार्यक्रमबाट नेपालका १६ वटा गाउँपालिकाका ५५ हजार भन्दा बढी साना किसानलाई सुधारिएको कृषि उत्पादकत्व र पोषण अभ्यास तथा जलवायु स्मार्ट कृषि मापन अभ्यासहरूबाट लाभान्वित गर्ने लक्ष्य लिएको जनाएको छ ।

‘दिगो विकास लक्ष्यहरू र शून्य भोकमरीको चुनौतीलाई साकार पार्ने प्रतिबद्धताअनुरूप खाद्य र पोषण सुरक्षा हाँसिल गर्नु र गरिबी न्यूनीकरण नेपाल सरकारको राष्ट्रिय लक्ष्य हो’ मालदिभ्स र नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले भने । उक्त कार्यले नेपालको उत्पादकत्व र जीविकोपार्जन र सीमान्तकृत समुदायहरूको पोषण सुरक्षा सुधार गर्न नेपाल सरकारको प्रयासलाई सहयोग पुग्ने समेत उनले विश्वास व्यक्त गरेका छन् ।

खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना तीनवटा मुद्दाहरू छन् । जलवायु र पोषण स्मार्ट कृषि प्रविधि अनुकूलन र प्रसार, आय उत्पादन र विविधीकरण र पोषण सुरक्षा सुधार । यसले खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ

फेसबुक प्रतिक्रियाहरु