डाइबिटीज अर्थात मधुमेह एउटा ‘लाइफस्टायल’ रोग हो । बदलिदो रहन–सहन र खानपानसँगै मधुमेहका रोगीहरुको संख्या तीब्र रुपले बढ्दै गएको छ । यसको कुनै पनि स्थायी उपचार छैन, तर जीवनशैली र खानपानमा केही परिवर्तन गर्न सक्यो भने यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ । आउनुहोस् यसलाई नियन्त्रणमा ल्याउन केही घरेलु तरिकाकाबारे एक नजर लगाऔं । साथै यसका केही लक्षणहरुलाई पनि हेरौं ।
मधुमेहका लक्षणहरु
कमजोरी र थकान महशुस हुनु
अचानक वजन घट्नु
पटक–पटक पिसाब लाग्नु
धेरै तिर्खा लाग्नु
पानी खाए पनि गला सुक्नु
धेरै भोक लाग्नु
शरीरमा झन्झनाहट र मसल्स दुख्नु
आँखाको रोशनी कम हुनु
छाला वा मुत्रमार्गमा ईन्फेक्सन हुनु
टाउको भारी हुनु तथा दुख्नु
कहिले काही बान्ता पनि हुनु
मधुमेह नियन्त्रणका नौ घरेलु उपाय
१. पिसेको मेथीको एक चम्चा धुलोलाई बेलुका एक क्लास पानीमा भिजाउनु होस । भोलीपल्ट बिहान यसलाई घुटघुट पिउनुहोस् । कम्तिमा ३ महिनासम्म यसो गर्न सकिए मधुमेह नियन्त्रणमा आउँछ ।
२. सुगर लेबल कम वा नियन्त्रण गर्नका लागि हरेक दिन खाली पेटमा दुईदेखि तीन वटा तुलसीको पात चपाउनुहोस् । तुलसीको पातमा ‘एन्टी अक्सिडेन्ट’ हुन्छ जो इन्सुलिनको उत्पादन बढाउन सहायक हुन्छ ।
३. एक महिनासम्म नियमित रुपले दालचिनीको पाउडर पानीसँग खानुहोस् यसले सुगर लेबल नियन्त्रण मात्र होइन, बढेको वजनलाई पनि घटाउँछ ।
४. १० मिलि अमलाको जूसमा दुई चम्चा बेसार मिलाएर दिनमा २ पटक खानुहोस् । यसले सुगर लेबल नियन्त्रणमा राख्छ ।
५. ६\६ वटा बेल, नीम र तुलसीको पातलाई र मरिचसँग खाली पेटमा खानुहोस् । र यो खाएको आधा घण्टासम्म केही पनि नखानुहोस् । यसको नियमित सेवनले पनि सुगरको स्तर सामान्य बन्छ । यसलाई पिसेर पानीसँग पनि खान सकिन्छ ।
६. गहुँको पिंधमा रोगनाशक गुण हुन्छ । यसको रस निकालेर हरेक दिन सेवन गरेमा सुगर नियन्त्रण हुन्छ ।
७. नीमको पातमा आश्चर्यजनक औषधीय गुण हुन्छ । यसको पात नियमित खानाले ब्लड ग्लूकोजको स्तर कम हुन्छ । यसको पात विहान खाली पेटमा चपाउनुको साथै रस पिउने गरेमा मधुमेहका लागि फाइदाजनक हुन्छ ।
८.जामुन डाईबिटीज भएकाको लागि अचुक मानिन्छ । यसको भित्र हुने गेडाको चूर्णले पनि सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ ।
९. करेला मधुमेहको लागि अर्को अचुक औषधी हो । यसको कडा तितो रसले सुगरको मात्रा घटाउँछ । अतः यसको दैनिक सेवन गर्नुपर्छ । अझ करेला उमालेको पानीले त सुगरलाई स्थायी रुपमा हटाउने दाबी समेत गरिएको छ ।
सावधान : माथिका कुनै उपायहरु अबलम्बन गर्नुअघि कुनै आयुर्वेदिक चिकित्सको सल्लाह र सुझाव लिन जरुरी हुन्छ । त्यसपछि मात्र प्रयोगमा ल्याउनु होला ।
(स्रोतः बिभिन्न आयुर्वेदिक जर्नलहरु)