२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ७ महिना अगाडि

काठमाडौँ। सरकार र आन्दोलनरत चिकित्सकबिच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न  वार्ताबाट ६ बुँदे सहमति भएको हो।

पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौडा, कञ्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।

सहमतिपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा दिपेन्द्ररमण श्रेष्ठ र “स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति” का संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु