hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetdeneme bonusu veren sitelersüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Pramesh Tamu १ वर्ष अगाडि

टोकियो: तमु धीं जापानले ३० औं तमु ल्होसार २०२५  विभिन्न सांस्कृतिक कार्यक्रम  सहित  भब्य रुपले  मनाएको  छ। मुप्ही ल्हो   बर्गलाई बिदा र सप्रि ल्हो   वर्गलाइ स्वागत गर्दै तमु धीं जापानले ३० औं ल्होसार भब्य रुपमा मनाएको हो ।

टोकियोस स्थित इकेगामी हलमा आयोजित ल्होसार कार्यक्रमा जापानमा रहेका तमु समुदायहरुको ठुलो उपस्थिति रहेको थियो।  कार्यक्रमको सुरुवाती चरणमा लम गुरु सन्दिप तमु ज्युको हातबाट रिपा लगाउने ग्रह दशा काट्ने कार्यक्रम भएको थियो।  कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमु (गुरुङ)को  मौलिक संस्कृतिक  पहिरनमा सजिएर बाजागाजा सहितको छ्याँटु / घाँटु नाच लगाएत आधा दर्जन जति आकर्षित नृत्य प्रस्तुत गरेर मनोरंजन दिलाएका थिए। भने बाल कलाकारहरुको प्रस्तुति हेर्न लाएक थिए।

कार्यक्रमामा लोक गायिका  कलाकार  उषा तमुस्यो, गाएक अमर गुरुङ ,  लोक गाएक रुपेश गुरुङले आफ्नो जोडदार प्रस्तुति दिएर  दर्शहरुलाई भरपुर्  मनोरंजन दिलाएका थिए।

तमु धीं जापानका  टेकन   तमुले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व संस्थाका सम्मानित  अध्यक्ष हिमाली  गुरुंङ्गले गर्नु भएको थियो भने शुभकामना मन्तब्य, कार्यक्रम संयोजक तथा उपाध्यक्ष शोम माया गुरुङ्गले गर्नु भएको थियो।  यसैगरी  अतिथी नेपालि राजदुत डादुर्गा बहादुर सुवेदी, विषेश अतिथिहरु क्रमस: NRNA अध्यक्ष, नबिन निउरे, आदिबासी जनजाति महासंघका  का अध्यक्ष  हवाल चन्द्र लामा, पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, NBA जापानका अध्यक्ष बिजय थकाली, रोशन केशी, NRNA ICC का उपाध्यक्ष रबिन शेरचन,एनआरएनए आईसीसीका निबर्तमान  उप-महासचिब  एबम् तमु धीं जापानका संरक्षक ओम गुरूङ, मोना अन्तराष्ट्रिय समितिका अध्यक्ष ददिवल खड्का लागएतका उपस्थित थिए ।

कार्यक्रममा राजदुत दुर्गा बहादुर सुबेदी, आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामा, एनआरएनए आईसीसीका निबर्तमान  उप-महासचिब  एबम् तमु धीं जापानका संरक्षक ओम गुरूङ, NRNA ICC का उपाध्यक्ष रबिन शेरचन समेतले तमु धीं जापान र तमु ल्होसारको बारेमा  चर्चा गर्दै   शुभकामना मन्तब्य दिएका थिए।  

शुभकामना मन्तब्य दिदै राजदुत दुर्गा बहादुर सुबेदीले तमु धीं  र तमु धीं  जापानको नेतृत्वप्रति गर्ब गर्नु पर्ने बताउनु भयो। तमु धीं जस्तो इतिहास बोकेको ठुलो संगठन र  यति ठुलो कार्यक्रको संयोजक र नेतृत्व दुवै महिला भएकाले भन्दै उहाले  जापानमा नेपाली  महिलाहरु पनि हरेक नेतृत्व लिने कुरामा सक्षम छ भन्ने  संदेश दिएको बताउनु भयो।  तमु धिं जापान ३ दसक लामो इतिहास बोकेको सबैभन्दा जेठो र पुरानो  संस्था मात्र नभई यस संस्थाले देश र जनताप्रति खेलेको सकारात्मक  भूमिकाको पनि चर्चा  गर्नु भयो।  ‘चाहे त्यो महा भूकम्पको बिपत्ति किन नहोस, बाडी  पहिरो, प्राकृतिक विपति  या बिपन्न वर्ग र समुदायको हितमा समेत योगदान पुर्याउदै आएको छ’, उहाले बताउनु भयो।

 कार्यक्रमको उत्तरार्धमा संस्थालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आउनु भएका प्रतिष्ठित व्यक्तित्व, कलाकारहरु, प्रमुख अतिति लगाएतलाई   धन्यवाद सहित सम्मान सहित  मायाको चिनो प्रदान गरिएको  थियो । भने अध्यक्ष हिमाली गुरुंङ्गले सबैलाई धन्यबाद सहित कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो । अन्त्यमा स्वादिष्ट तमु परिकार खुवाएर शुभकामना आदान प्रदान गर्दै कार्यक्रमको अन्त्य गरिएको थियो ।

ल्होसार कार्यक्रमका केहि फोटोहरु:

फेसबुक प्रतिक्रियाहरु