काठमाण्डौ। कोरोना महासंकटका बीच यो महामारीको गढ चीनको एक अर्को अमानवीय अनुुहार विश्वसामुु आएको छ।
चीनको दक्षिणपूूर्वी एसियाका देशमा बहने मेकोङ नदीमा पानीको बहाव कम गरिदिएको छ। यसले ४ देश थाइल्यान्ड, लाओस, कम्बोडिया र भियतनाम सुुख्खाग्रस्त भएका छन्। यी देशहरुको हालत झन् बिग्रिँदै गएपछि किसान र माछा मारेर जीविकोपार्जन गर्नेहरु प्रदर्शनमा उत्रिएका छन्।
चीनको यो कदमपछि ब्रह्मपुुुत्र नदीको समेत शंकाको बादल लागेको छ।
न्युयोर्क टाइम्सको रिपोर्टका अनुुसार यो वर्षको फेब्रुरीको अन्तिम दिनमा चीन जब कोरोनाभाइरससँग जुुधिरहेको थियो त्यो बेला उसको विदेशमन्त्री अचानक लाओस जानुुपरेको थियो। वास्तवमा दक्षिणपूूर्वी एसियाली देशकै जीवनधारा भनिने मेकोङ नदीमा पानी कम भएपछि लाओसका किसान र माछामा निर्भरहरुले जोडदार प्रदर्शन गरे। यसपछि चीनका विदेशमन्त्री वाङ यी लाओस जानुुपरेको थियो।
चीनका इन्जिनियरले कम गरे बहाव
चिनियाँ विदेशमन्त्रीले किसान र माछापालकको समस्या सम्झेको बताएका थिए। चीन पनि यो वर्ष सुख्खाको सामना गर्न गइरहेको र यसैले मेकोङ नदीमा पानी कम भइरहेको उनले दाबी गरे।
चीनको दाबीविपरीत अमेरिकी जलवायुु विज्ञानको शोधले यो पहिलो पटक भएको जब चीन सुुख्खाको सामना नगरेको खुुलासा गरेको छ। उनीहरुले भने कि तिब्बतको पठारबाट मेकोङ नदी निस्किन्छ र चिनियाँ इन्जिनियरहरुले सीधै नदीको पानीको बहाव धेरै कम गरिदिए।
दक्षिणपूूर्वी एसियाको गंगा नै मेकोङ
भारतमा गंगा र ब्रह्मपुुत्र नदीको स्थानजस्तै दक्षिण एसियामा मेकोङ नदीको छ। यो नदीमा करोडौं मानिसहरुको जीविका निर्भर छ। खेती गर्न वा माछा पक्रन यही नदीको पानीमा निर्भर छन्। तर चीनमा ठूूलो बाँध बनाइएको कारण यो नदी सुुक्दै गइरहेको छ।
यो नदीमा माछा पक्रेर निर्वाह गरिरहेकाहरुका अनुुसार पानी लगातार कम भइरहेको छ। कहिलेकाहीँ लगातार सुुख्खा भइरहेको छ र कहिले अचानक बाढी पनि आउँछ। यसले गर्दा किसानले धेरै कठिनाइ बढेको छ।
चीनको माथिल्लो मेकोङ नियन्त्रण छ। यही धाराबाट मेकोङ नदीको तल्लो स्ट्रिममा सुुख्खायाममा करिब ७० प्रतिशत पानी आउँछ। स्ट्रिमसन सेन्टरका दक्षिणपूूर्वी एसियाका कार्यक्रम निर्देशक ब्रायन एलर भन्छन्, ‘समस्या यो छ कि चीनमा सत्तामा बसेका मानिस पानीलाई आफ्नो सम्झन्छन्। अन्य देशसँग साझा गर्नुुपर्ने उनीहरु ठान्छन्।’
चीनको सोचका कारण थाइल्याण्ड, लाओस, कम्बोडिया र भियतनाममा सुुख्खा लागेको छ।
चीनको ब्रह्मपुत्रमा बनाइयो विशाल बाँध
चीनले केही वर्षअघि नै तिब्बतमा ब्रह्मपुत्र नदीमा सबैभन्दा ठूूलो बाँध चालूू गरेको थियो। यस परियोजनाले जलआपूूर्तिमा बाधा पर्न गएकाले भारतको चिन्ता बढेको छ। चीनको सबैभन्दा ठूूलो जलविद्युुत परियोजनाको नाम जम हाइड्रोपावर स्टेसन छ। यसलाई डेढ अर्ब डलर लागतमा निर्माण गरिएको थियो।
शन्नान प्रिफेक्चरको ग्यासा काउन्टीस्थित जम हाइडोपावर स्टेसनलाई जांगूूूम हाइड्रोपावर स्टेशनले पनि चिनिन्छ। यहाँ ब्रह्मपुत्र नदीका पानीको प्रयोग हुुन्छ। ब्रह्मपुुत्र नदी तिब्बतमा यारलुुंग जांगबो नदीका नामले चिनिन्छ। यो नदी तिब्बतदेखि भारत आउँछ र त्यहाँबाट पुुनः बंगलादेश जान्छ। – एजेन्सी