२०८१ बैशाख १६, आइतवार
  • Namaste Khabar ३ महिना अगाडि

टोकियो : पछिल्लो समय जापानमा बस्ने नेपालीहरुको संख्या बढेसंगै विभिन्न प्रकारका नेपाली पसलहरु,  रेस्टुरेन्टहरु,  दैनिक उपभोग्य संबन्धि हलाल फुड पसलहरु खुल्ने क्रम पनि  बढेर गएको छ । यसै क्रममा जापान स्थित टोकियोको सिनागावा कु-“नाका नोबु”  स्टेसन नजिकै ‘हाना एसियन डाइनिङ्ग’ तथा “Asian spices and Halal food” Tara Mart” एकै चोटी संचालनमा आएको  छ ।

जापानमा बसोबास गर्दै आइरहेको  नेपालीसहित अन्य विदेशी र जापानीजहरूलाई समेत नेपाली खानाको विशुद्ध स्वाद दिनका लागि रेस्टुरेन्ट संचालन गर्न लागिएको  तथा दैनिक उपभोग्य बस्तु सहजताको लागि  सुपथ मुल्यका ‘हलाल फुड’ पसल संचालनमा ल्याएको  “हाना ग्रुप”  समूहका प्रवन्ध निर्देशक मेनुका गुरुङ्ले  जानकारी दिनुभयो ।

यसअघि सिनागावा टोगोशी गिञ्जामासंचालनमा आएको नेपाली रेष्टुरेन्टमा पाइने विशुद्ध टिपिकल नेपाली खानाले  धेरै जापानिजहरुको  मन जितेको  र त्यही उर्जाको कारण इन्डियन नान करी सहित दोस्रो नेपाली टिपिकल  रेष्टुरेन्ट संचालनमा ल्याएको उहाले बताउनु भयो ।

ओइमाची लाइन र आशाकुसा लाइनमा पर्ने नकानोबु  स्टेसनबाट पैदल करिब ३  मिनेटको दूरीमा रहेको उक्त “हाना एसियन डाइनिङ्ग बार”  करिब २५/३० सिट क्षमताको छ भने रेष्टुरेन्टको दोस्रो   तलामा होलसेल हलाल फुड शप रहेको छ । उक्त सपमा सिंगापुरबाट आयातित ब्रान्डेड साडी समेत पाइने संचालक गुरुङ्गले बताउनु भयो

सिधा  सिंगापुरबाट आयातित साडी अन्य साडिहरुको तुलनामा एकदमै मुलायान, क्वालिटी युक्त हुने हुदा जापानमा रहेका साडी पारखी नेपाली दिदी बाहिनीहरुको लागि सहि गन्तब्य हुने दाबी गर्नुभयो ।

घरायसी तथा रेस्टुरेन्टमा चाहिले दाल चामल देखि सम्पूर्ण हालल सम्बन्धि सामानहरु  होलसेल मूल्यमै उपलब्ध गराइने हुदा अब घरायसी समान खरिद गर्नको लागि सिन-ओकोबु नै धाउनु पर्ने बाध्यताको अन्त्य भएको संचालक  प्रमेश तमुले बताउनु भयो ।  सामान चाहिए घरमै डेलिभरी गरिदेने व्यवस्था समेत रहेको उहाले बताउनु भयो । आबाश्यक परे 03 6426 6198 / 070 4107 4513 या email pramesh@namastekhabar.com मा सम्पर्क गर्न सकिने छ ।

फेसबुक प्रतिक्रियाहरु