२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ३ महिना अगाडि

टोकियो: नेपाली जनप्रगतिशिल मन्च जापानको अध्यक्षमा मोहन पौडेल निर्बाचित भएका छन ।

टोकियो स्थित मुसासिनो-सि  साकाईमा भएको ९ औं राष्ट्रिय महाधिवेसनबाट अध्यक्षमा मोहन पौडेल सर्ब सम्मतिले  निर्बाचित भएका हुन ।

“प्रबासी नेपालीहरुमा आपसी सद्भाव, भाइचारा र एकताको अभियान,ज्ञान शिप र पुजिको  लगानी सहित समृद्ध नेपालको लागि नबौ अधिबेशन” भन्ने नाराका साथ सम्पन भएको उक्त महाधिवेसनबाट  लेखा अनुशासन आयोग सहितको ४३ सदस्सिय  कार्यसमिति चयन गरेक छन् ।

अध्यक्षमा मोहन पौडेल सहत बरिस्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे ,उपाध्यक्षहरुमा बाबुराम पौडेल ,जनक सुबेदी, शिबु थापा, आर एच गौतम श्रबण सत्याल ,भुवन हुमागाइ , रामकृष्ण भण्डारी रामप्रशाद गैरे चयन भएका छन् भने महासचिवमा दावा लामा चयन भएका छन् ।

उपमहासचिबमा अर्जुन अंगाइ ,डिलाराम न्युरे, प्रमिला राइ सचिबहरुमा गोपाल लामिछाने (जिपी ) ,जिबन पोखरेल ,राज पुरी ,राकेश बिमली बालबिक्रम तिगेला ,गोबिन्द प्रशाद पौडेल चयन भएका छन् भने  कोषाध्यक्षमा गौरी सापकोटा ,सहकोषाध्यहरुमा सालीकराम मरहट्टा ,भरत अर्याल ,हरिबाबु तामाङ र पवन अधिकारी चयन भएका छन् ।

यसैगरी  पदाधिकारी र बाँकी १८ जना केन्द्रिय कार्यसमितीमा चयन भएको निर्वाचन कमिटिका सम्योजक डा. भुपालमान श्रेष्ठले जानकारी दिए । अधिबेशनको उद्घाटन माओवादी नेताहरु, लक्ष्मण पन्त र ओम शर्मा लगायतले गरेका थिए ।

नबनिर्बाचित अध्यक्ष मोहन पौडेलले आफ्नो २ बर्षे कार्यकाल स्वर्णिम बनाउने ऊद्द्घोष गरे भने पूर्व अध्यक्ष भवानी पन्तले आफ्नो कार्यकाल सोचेभन्दा सफल भएको दाबी गर्दै आगामी कार्यकाल सफलताको शुभकामना ब्यक्त गरे । निर्वाचन कमिटी सदस्य रामहरी पुडासैनीले भने अधिबेसनमा देखिएका केही समस्या र असन्तुष्टिहरुलाई समेटेर अगाडी बढ्नुपर्ने धारणा ब्यक्त गरे । समग्रमा अधिबेशन भब्य र सभ्य भएको उद्घोष गर्दै अध्यक्ष भवानी पन्तले आगामी कार्यकालका अध्यक्ष सहितको कार्यसमितिलाई सामाजिक सन्जाल मार्फत शुभकामना समेत ब्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु