२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ५ महिना अगाडि

टोकियोः  तमु धीं जापानले नयाँ बर्ष तथा  २९ औं ल्होसार साँझ ४ जनवरी २०२४ बिहिबार, ‘ओन्सी पार्क स्टेज उएनो मा’ आयोजन गर्ने भएको छ ।

यस बर्षको ल्होसार  विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागत गर्दै शुभकामना आदान प्रदान गरी  मनाईने ल्होसार तमु धीं जापानले जनाएको छ ।

कार्यक्रम ४ जनवरी २०२४ विहिबारको दिन दिउसो २ बजेबाट वेलुका ७ बजे सम्म हुनेछ ।

स्थानीय कलकारहरुबाट गुरुङ संस्कार र गुरुङ संस्कृतिका विभिन्न झाँकी, छ्याढु, घाँटु सहित २९ औं तमु ल्होसार मनाउन लागेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष अनिला तमुले जानकारी दिनुभयो ।

तमु धीं जापानका अध्यक्ष रमेश कुमार तमुका अनुसार ल्होसार साँस्कृतिक साँझ सम्पन्न गर्न उपाध्यक्ष अनिला तमुको सयोजकत्वमा विभिन्न समितिहरु बनाई तयारी शुरु भएको बताउनु भएको छ ।

जापानमा गुरुङ जातिको संस्कार र संस्कृतिलाई दोश्रो पुस्तासम्म लैजाने अभियान स्वरूप तमु धीं जापानले हरेक बर्ष ल्होसार, रोंधी साँझ जस्ता गुरुङ जातिको मौलिक पर्वहरु निरन्तर मनाउदै आइरहेको छ । विगत केहि बर्षदेखि तमु धीं जापानले श्रष्ट सम्मान गर्दै आईरहेको क्रमलाई निरनतरता दिंदै यसपटक तमु हास्य कलकार बल बहादुर तमुलाई सम्मान गर्ने भएको छ । र सम्मान ग्रहणको लागि तमु धीं जापानले बल बहादुर तमुलाई निमन्त्रण गरिसकेको महासचिव खेम तमुले जानकारी दिनुभयो ।

आउदै गरेको तमुहरुको महान पर्व ल्होसारको अवसरमा तमुधींले आयोजना गरेको ल्होसार कार्यक्रममा सबैले विदा मिलाई उपस्थित भईदिन आयोजकले जापानवासी सबै तमु एवं गैर तमु नेपालीहरुमा तमु धीं जापानले निमन्त्रणा गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु