२०८२ जेष्ठ ७, बुधबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

कोरोना भाइरस ‘कोभिड १९’ फैल्याउँछु भन्ने एक अमेरिकी युवतीलाई टेक्सास प्रहरीले नियन्त्रणमा लिएको छ।

१८ वर्षकी युवतीले स्न्याप च्याटमा आफूलाई कोरोनाको संक्रमण भएको र दोहोर्याउँदै जानाजान कोरोना भाइरस फैल्याउने बताएकी थिइन्।

ती युवतीको नाम लोरियन माराडियाग भएको बताइएको छ। हाल उनी जेलमा छिन्। कोरोनाको संक्रमण नदेखिएको उनलाई २१ दिन क्वारेन्टाइनमा राखिनेछ।

उनीमाथि आतंकवादीले जस्तै चेतावनी दिएको, अफवाह फिजाएको अरोप लागेको छ।

अमेरिका यतिबेला विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको मुलुक हो। सीएनएन

फेसबुक प्रतिक्रियाहरु