२०८१ बैशाख १६, आइतवार
  • Pramesh Tamu १ वर्ष अगाडि

टोकियो । तमु धीं जापानले बिगतका वर्षहरुझै यसपाली पनी  बाघ वर्गको विदाई र विरालो वर्गको स्वागत गर्दै  २८ औं ल्होसार साँस्कृतिक साँझ २०२३ मनाउने भएको छ ।

टोकियोस्थीत  इकेगामी काइकान हलमा नयाँ वर्ष २ जनवरी २०२३ सोमवारका दिन तमु धीं जापानले आफ्नो महान साँस्कृतिक पर्ब तथा २८ औं ल्होसार सांस्कृतिक साँझ भब्यताको साथ सम्पन्न गर्ने तयारी गरेको हो ।

तमु धीं जापानका उपाध्यक्ष सोममाया गुरुङको अनुसार उक्त ल्होसार सांस्कृतिक साँझ गुरुङ्गहरुको परम्परा र संस्कार अनुसार  विभिन्न झाँकी, छ्याढु, घाँटु सहित सम्पन हुनेछ । भने कार्यक्रम दिनको ठिक ३ बजेबाट सुरु भइ  ७ बजे सकिने छ  ।

ल्होसार साँस्कृतिक साँझलाइ सरल, सब्य र भब्य तरिकाले सुसम्पन्न गर्नका लागि उपाध्यक्ष सोम माया गुरुङ्गको संयोजकत्वमा विभिन्न बिभागहरु समेत बनाइ तयारी तिब्र बनाइएको तमु धीं जापानको अध्यक्ष  रमेश कुमार तमुले जानकारी दिनुभएको छ ।

ल्होसारलाइ  एकता, समानता, सद्भाव, सांस्कृतिक पर्वको रुपमा सामूहिकतामा विगतदेखिनै भब्य रुपमा मनाउदै आइरहेको तमु धीं जापानले गुरुङ्ग जातिको संस्कार, संस्कृति र परम्परालाई जिबन्त राखी  दोश्रो पुस्तासम्म लैजाने अभियान स्वरूप २८ औं ल्होसार मनाउन लागेको जनाएको छ । भने तमु धीं जापानले हरेक बर्ष ल्होसार, रोंधी साँझ जस्ता गुरुङ जातिको मौलिक पर्वहरु निरन्तर मनाउदै आइरहेको छ ।

विगत केहि वर्ष कोविड १९  का कारण ठुलो कार्यक्रम गर्न नसकेको  तर यसपटक भने नेपालबाट आमन्त्रित कलाकार “प्रथम वाई-वाई नेपाल स्टार” एलिना गुरुङ  र लोकपप र कौडा गायक दुर्गा बहादुर गुरुङ  को साथमा खुलेर ल्होसारमा झुम्ने  महासचिव खेम गुरुङ्ग ले जानकारी दिनुभयो  । साथै उहाले आउदै गरेको तमुहरुको महान पर्व ल्होसार कार्यक्रममा उपस्थित भई शुभकामना आदान प्रदान गरिदिन हुन र संस्कृतिक कार्यक्रमको भरपुर मनोरंजन लिईदिन हुन जापानवासी सबै तमु एवं गैर तमु नेपालीहरुमा हार्दिक  निमन्त्रणा  समेत व्यक्त  गरेको छ ।

फोटो तथा न्युज तमु धीं जापानका  उपाध्यक्ष चित्र तमु को सहयोगमा –

फेसबुक प्रतिक्रियाहरु