hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobetslot sitelerijojobetdeneme bonusu veren sitelersüperbetinhepbethepbet girisholiganbetcasibomsüperbetinsüperbetinsuperbetinsüperbetin giriş
२०८३ जेष्ठ १२, मङ्लबार
  • Namaste Khabar ४ वर्ष अगाडि

काठमाडौंः शुक्रबारदेखि बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शनमा आउने भएको छ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्म हिन्दी र नेपाली गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ। ५० देशमा एकसाथ प्रदर्शनमा आउने उक्त फिल्मको हिन्दी डब नेपालमा भने सोमबारदेखि मात्रै लाग्ने भएको छ।

७० देखि ९० प्रतिशतसम्म शो पाएको फिल्मको पहिलो दिनका अधिकांश शो हाउसफुल भएका छन्। विश्व भरी १२ सय पर्दाबाट एकसाथ प्रदर्शनमा आउन लागेको  फिल्म नेपाली चलचित्रको लागी कोशे ढुंगा साबित हुने छ। भारतमा पनि पहिलो दिनका अधिकांश शो हाउसफुल देखिएको छ। ‘कबड्डी ४’ पछि कुनै पनि नेपाली फिल्मले प्रदर्शन अघि पाएको हाइप यो सबैभन्दा धेरै हो। फिल्मले बक्स अफिसमा धेरै नयाँ कीर्तिमान बनाउने अनुमान गरिएको छ।

फिल्ममा प्रदिप खड्का र क्रिस्टिना गुरुङ मुख्य भूमिकामा देखिएका छन् भने सुनिल थापा, मनिष राउत, शिव श्रेष्ठ, लक्ष्मी बर्देवा, जिवन भट्टराई लगायतका कलाकारको अभिनय रहने छ।

यसअघि २०७६ को चैतमा प्रदर्शन गर्ने तयारी भएको फिल्मलाई कोरोनाले प्रभाव पारेको थियो। पिरियड लभ स्टोरी जनरामा बनेको फिल्म कोरोनाकै समयमा भारतमा गइ बाँकी काम भएको हो।

फेसबुक प्रतिक्रियाहरु