२०८१ पुस १२, शुक्रबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

एजेन्सी। भारतको कर्नाटकको बेल्लारीमा एक महिला म’जदूरको भोकका कारण मृ’त्यु भएको छ । लकडाउन लगाइएपछि ती महिला बेंगलुरुबाट ४१२ किलोमिटर पर रहेको रायचुरका लागि पैदलै हिँडिन् ।

खाली खुट्टा भो’कप्यास सहँदै हिँडेकी उनको बाटैमा मृ’त्यु भयो । उनी ३०० किलोमिटर हिँडिसकेकी थिइन् । महिलाको नाम गंगाम्मा हो र उनी २९ वर्षकी थिइन् । लकडाउनपछि मजदूरी गर्न नपाएर उनी लगायतका म’जदूरहरू बेंगलुरु छोड्न बा’ध्य भए।

कसैले पनि उनीहरुलाई गाडीमा राखेर लान मानेन । उनीहरु एउटा ट्य्राक्टर चढेका थिए तर त्यसलाई पनि तुमकुरुमा रोकियो । भारतको सर्वोच्च अदालत र केन्द्र सरकारले बारम्बार राज्य सरकारहरूलाई प्रवासी श्रमिकको भोजन र आश्रयको प्रबन्ध मिलाउन भनिरहेको छ। अनि म’जदूरहरूलाई जहाँ बसेको हो, त्यहीँ रहन भनेको छ ।

गंगाम्माका पति एच मल्लिकार्जुनले बेल्लारी आश्रयस्थलमा भोकमरी र उपेक्षाका कारण पत्नीको ज्या’न ग’एको आ’रोप लगाए । त्यहाँका कर्मचारीले बेवास्ता गर्दा गंगाम्माको ज्या’न गएको उनले बताए । उता विजयनगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका चिकित्सकहरूले गंगाम्मा मिर्गौला रो’गबाट पी’डित रहेको र उनलाई हेपाटाइटिस बी पनि रहेको र त्यसैले गर्दा उनको मृ’त्यु भएको बताएका छन् । मुख्यमन्त्री बीएस येदुरप्पाले गंगाम्माको मृ’त्युप्रति शो’क व्यक्त गर्दै घट’नाको छानबिन गर्न माग गरेका छन् ।यो समाचार मनासलु खबर मा छापिएको छ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।