काठमाडौं । अहिले कोरोना भाइरसले विश्वभर आतंक मच्चाईरहेको छ । विश्वमा कोरोना नाम केवल भाइरसको मात्र छैन । कोरोना नामको बियर तथा कारलगायतका ब्राण्डहरु पनि छन् । कहिलेकाही नामकै कारण कतिपय उत्पादनले नसोचेको सफलता पाउँछन् भने कहिलेकाही यस्तो परिस्थिति यस्तो बनिदिन्छ कि नामकै कारण त्यस्तो उत्पादनको बजार डामाडोल मात्र हुँदैन, वर्षौदेखिको अरबौंको लगानी समेत स्वाहा भइदिन्छ । अमेरिकाको एक बियर उत्पादन गर्ने कम्पनीलाई अहिले यस्तै आपत आइलागेको छ ।
कोरोना भाइरसको प्रभावले विश्व आक्रान्त भइरहेको बेला अमेरिकाकै तेश्रो ठुलो ब्राण्ड भएको यस कम्पनीले कोरोनाको नामबाटै वर्षौ अघिदेखि उत्पादन गर्दै आएको बियरको अहिले उत्पादन नै बन्द गर्नु परेको छ ।
अत्यावश्यक वस्तु बाहेक अन्यको उत्पादन अहिलेका लागि रोक्न आदेश भएपछि आफ्नो उत्पादनलाई कृषिको दर्जा दिइएमा बीयर बनाइरहने कम्पनीको भनाइ छ । कृषिलाई अत्यावश्यक उत्पादनको श्रेणीमा राखिएको छ ।
ग्रुपो मोडेलोले प्यासिफिको र मोडेलो ब्रान्डका बीयरहरू पनि बनाउने गरेको छ । अहिले न्यूनतम मात्रामा बीयर बनाउने अनि प्रतिबन्ध फुकुवा भएपछि फेरि उत्पादन थाल्ने कम्पनीले जनाएको छ । (एजेन्सीको सहयोगमा)