२०८१ बैशाख १७, सोमवार
  • Pramesh Tamu ७ महिना अगाडि

काठमाडौँ — जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले शुक्रबार उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई पाँच लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

सुन तस्करीमा संलग्न रहेको अरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियो भने सरकारी वकिलको कार्यालयले निजहरूविरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु