२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा हालसम्म ७ नेपालीको ज्यान गएको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

आफ्नो नातिको बिहेको शिलसिलामा बेलायत आएका बागलुङका कर्ण बहादुर क्षेत्रीको कोरोनाका कारण मृत्यु भएको हो ।

सामान्य रुपमा डाइरिया लागेको र खानको स्वादको फरक महशुस हुन थालेपछि उनलाई लण्डनको नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा उपचार रहेकै अवस्थामा उनको मृत्यु भएको बताइएको छ । अस्पतालले उनको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको पारिवारिक स्रोतले जनाएको छ ।

मार्चको पहिलो साता लण्डनमा भएको नातिको विवाहमा सहभागी हुन उनी श्रीमतीसहित बेलायत आएका थिए । घटनापछि परिवारका सबै सदस्य आइसाेलेसनमा रहेको खबर रातोपाटिले लेखेको छ।

फेसबुक प्रतिक्रियाहरु