२०८२ जेष्ठ ७, बुधबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

बेलायतमा कोरोना भाइरसबाट ३६ वर्षीय नर्सको मृत्यु भएको छ । तिन सन्तानकी आमा अरीमा नसरीनले कोरोना भाइरसबाट ज्यान गुमाएकी छिन् । उनी वाल्सल मनोर अस्पतालमा एक्यूट मेडिकल युनिटमा काम गर्थिन्।

मृतक नर्सकी बहिनी काजीमा नसरिन भन्छिन्, नसरिन एक बहुप्रतिभाशाली व्यक्ति थिइन जसले सधै आफूलाई अन्तिममा राख्थिन् । उनी समाजमा एक उदाहरणीय व्यक्ति थिइन जसले काममा सधैँ अव्वलनै थिइन् त्यो भन्दा बढी समुदायको सधैँ हित सोच्थिन र सबैलाई सहयोग गर्थिन । काजीमा भन्छिन् ।

उनले कुनै मानिस पैसाका कारण समस्यामा छन्, कोही तीर्थयात्रामा जान चाहन्छन् तथा गरिब छन् तिनीहरूको लागि पैसा पठाउने गर्दथिन् । हामीले एउटा बहुप्रतिभासाली नर्स गुमायौँ, तर हामीले जीवनमा एक अद्भुत व्यक्तिलाई पनि गुमायौँ । उनले भनिन् ।

नसरिन शुक्रवारको बिहान इन्टेन्सीभ केयर युनिटबाट संसार छाडिन् । उनलाई कोरोना भाइरस सङ्क्रमण भएपछि गत साता देखि भेन्टिलेटरमा राखिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु