२०८१ फाल्गुन १२, सोमवार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

भारतीय गायिका कनिका कपूर कोरोनालाई जितेर घर फर्किएकी छन् । उनी अस्पतालबाट घर फर्किए पनि १४ दिनसम्‍म सेल्फ क्वारेन्टाइनमै बस्‍नेछिन् ।

चिकित्सकको सल्लाह अनुसार उनी १४ दिनसम्‍मै घरमा बस्‍ने भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् । यसअघि उनको रिपोर्ट लगातार पाँच पटकसम्‍म पोजिटिभ आएको थियो । यसले उनको परिवार निक्कै चिन्तित थिए ।

चिकित्सकहरुले परिवारलाई सम्झाएका थिए भने रिपोर्ट नेगेटिभ आउने आश्वाशन पनि दिएका थिए । छैठौं पटकको परीक्षणपछि भने उनको रिपोर्ट नेगेटिभ आएको छ ।

उनी लण्डनबाट लखनऊमा आएपछि पार्टी भोजमा सहभागी भएकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु