२०८१ फाल्गुन १३, मङ्लबार
  • रिपब्लिक दैनिक ५ वर्ष अगाडि

एजेन्सी । विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स संसार कै सबैभन्दा धनी व्यक्ति हुन् । ६४ वर्षका गेट्ससंग १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब सम्पत्ति रहेको छ । धनी व्यक्तिहरू केही काम नगर्ने, काम गर्नका लागि प्रशस्त नोकरहरू राख्ने, साथै उनीहरूको जीवन निकै तामझामका साथ बित्ने गर्छ ।

तर, यति धेरै सम्पत्ति हुँदाहुँदै पनि बिल गेट्स साधारण मानिसजस्तै आफ्नो जीवन जिउनमा विश्वास राख्छन् । मेलिन्डा गेट्स बिल गेट्सकी पत्नी हुन् । सन् १९८७ मा मेलिन्डा बिल गेट्स कै कम्पनी माइक्रोसफ्टमा काम गर्दा यी दुईको भेट भएको थियो । र, काम गर्दागर्दै नजिक भएपछि सन् १९९४ मा यी दुई वैवाहिक सम्बन्धमा बाँधिएका थिए । उनीहरूको विवाह भएको २५ वर्ष भइसकेको छ ।

यी दम्पत्तिले विगत २५ वर्षदेखि हरेक दिन आफैँ खाना पकाउनुका साथै सधै भाँडा माझ्दै आइरहेका छन। धनी भएर दर्जनौं नोकर राख्नसक्ने क्षमता भएपनि सधैँ आफ्नो श्रीमतीलाई काममा सघाएर यो जोडी उदाहरण बनेको छ। चर्चित मिडिया ‘बिजनेस इन्साइडर‘का अनुसार आम मानिसले झैँ साधरण जीवन बिताएका यी जोडी प्रायः आफ्नो खाना आफैँ बनाउँ छन् अनि सँगै भाँडा माँझ्छन् । परिवारमा खुसी ल्याउने मुख्य कारणमा पति–पत्नीले काम बाँडफाँड गरेर संगै ग र्नुपर्ने कुरामा मेलिन्डा विश्वास गर्छिन् । त्यसैले, उनीहरूमा माया र समान आदर रहेका कारण उनीहरूको सम्बन्ध मजबुत भएको देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु