२०८१ पुस ११, बिहिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

काठमाडौं, ३ साउन । चालु आर्थिक वर्षको एघार महिनामा ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको ११ महिनाको देशको आर्थिक अवस्था अनुसार अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले बढेको हो ।
तर अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने यो अवधीमा ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार, एघार महिनामा १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँको बस्तु आयत भएको छ । यो अवधीमा बस्तु आयात १७.३ प्रतिशतले बढेको छ। तर त्यो अवधीमा निर्यात भने ८७ अर्ब ८३ करोड रुपैयाँको मात्र भएको छ।
यस्तै यस अवधीमा चालु खाता घाटा विस्तार भई २ खर्ब ४८ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब १० अर्ब २४ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।