hacklink hack forum hacklink film izle hacklink chicken roadillegale goksitesjojobettürk ifşahepbethepbet girispadisahbet güncel girişsuperbetinjojobetbahis sitelerijojobetsüperbetinsuperbetinsüperbetinsuperbetinbetist
२०८३ जेष्ठ १३, बुधबार
  • Pramesh Tamu ३ महिना अगाडि

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ को अन्तिम नतिजा सार्वजनिक भएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सानदार मतका साथ विजयी भएका छन्।

यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका ठूला र परम्परागत दलसहित अन्य सबै उम्मेदवारहरूको जमानत (धरौटी) जफत भएको छ।  मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै सानदार जित दर्ता गराए। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढीको विशाल मतान्तरले पछाडि पारेका छन्।

निर्वाचन कानुनअनुसार कुनै पनि निर्वाचन क्षेत्रमा सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको धरौटी रकम जफत हुने व्यवस्था छ। काठमाडौं–८ मा खसेको कुल मतको आधारमा दोस्रो स्थानमा रहेका उम्मेदवारले समेत जमानत जोगाउन आवश्यक पर्ने १० प्रतिशत मतको सीमा (थ्रेसहोल्ड) पार गर्न सकेनन्। जसका कारण त्यहाँ प्रतिस्पर्धा गरेका सबै २१ जना पराजित उम्मेदवारको जमानत जफत भएको हो।

रास्वपाका उम्मेदवारपछि दोस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले जम्मा ३ हजार २ सय १७ मत प्राप्त गरे। त्यस्तै, सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८ सय ३५ मतमै चित्त बुझाउनुपर्‍यो। नेकपा (एमाले) का राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नबिन शाही दुवैले समान १ हजार ९ सय ९ मत प्राप्त गरे। उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत पाए। ठूला दलका यी कुनै पनि उम्मेदवारले आफ्नो धरौटी जोगाउन सकेनन्।

फेसबुक प्रतिक्रियाहरु