२०८१ पुस ११, बिहिबार
  • Namaste Khabar ५ वर्ष अगाडि

दमक । ठगी घटनाको अभियोगमा प्रस्तावित किरात माइक्रो फाइनान्सका अध्यक्ष डकेन्द्रसिंह थेगिमसहित सहित चार जना पक्राउ परेका छन् ।
दमक १ स्थित किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय कार्यालयबाट शुक्रवार दिउँसो थेगिमसहित चार जनालाई ठगी घटनाको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रस्तावित फाइनान्सका व्यवस्थापक डिवी लिङदम, सञ्चालक कमलप्रसाद नेम्बाङ्ग, र पूर्णबहादुर वझी रहेका छन् । अध्यक्ष थेगिम किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष हुन् ।
ठगी घटनामा संलग्न सञ्चालकहरु नरसिंह फागो, ठटबहादुर पौठाक र सरस्वती राईलाई समेत खोजी भईरहेको प्रहरीले जनाएको छ । प्रस्तावित माइक्रोफाइनान्सका शेयर सदस्यहरुबाट आरोपीहरुले रु ८० लाख बढी रकम हिनाहिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उनीहरु विरुद्ध ठगीको उजुरी परेको थियो । उजुरी पछि उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिए । उनीहरुलाई आइतबार म्याद थप गरि थप कारवाहीको प्रकृया अघि बढाईने प्रनाउ सुब्बाले बताए ।
उनका अनुसार पाँच वर्ष अघि प्रस्तावित माइक्रो फाइनान्स सञ्चालनका लागि पाँच वर्षअघि शुरु गरिएको प्रक्रिया टुङ्गो नहुँदै जम्मा भएको रकम आफूखसी खर्च गरिएको सार्वजनिक भएपछि त्यसमा आवद्ध डेढ सय बढी शेयर सदस्यहरु विचल्लीमा परेका थिए ।
इलाममा केन्द्रीय कार्यालय राख्ने गरी आफनो समुदायका नाममा माइक्रोफाइनान्स खोल्ने भनेर दमकसहित पूर्व झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम, धनकुटा, ताप्लेजुङलगायतका क्षेत्रमा बस्दै आएका किरात समुदायहरूसंग रु १ करोड ५८ लाख बढी रकम संकलन गरेका थिए । फाइनान्समा १ सय ७८ जनाले कम्तीमा रु ५० हजार माथि शेयर रकम जम्मा गरेका थिए । फाइनान्सको दर्तासहितका सञ्चालन प्रक्रिया सम्पन्न गर्न थेगिमसहितका सञ्चालक पदाधिकारीले सर्वसाधारणहरूसँग उठाइएको रकम आफूभित्र लगानी गरेको शेयर सदस्यले थाहा पाएपछि प्रहरी कहाँ बाँध्य भएर ठगी मुद्दा हाल्नु परेको नरेन्द्र वनेमले बताए ।
बैङ्किङ्ग कारोबार छुट्टै बनाउने उद्देश्यले शुरु गरिएको फाइनान्स तथापि नियमानुसार दर्ता समेत गरिएको थिएन् । दर्ता गर्ने भन्दै जम्मा गरिएको रकम नियम विपरीत आफूखुसी खर्च गरेको आरोप लागेको छ ।

फेसबुक प्रतिक्रियाहरु

ताजा अपडेट

नेकपा माओबादीले खोल्यो खाता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका २ मा जगत घर्ती निर्विरोध।
किर्ते र संगठित अपराधको आरोपमा मेडिकल ब्यबसाही दुर्गा प्रसाई पक्राउ।
तमु धीं जापानले ३० औं ल्होसार (सप्रि ल्हो ) २ जनवरी २०२५ मा बिबिध साँस्कृतिक कार्यक्रम सहित इकेगामी हलमा मनाउने।
मेडिकल ब्यबसायी दुर्गा प्रसाई पक्राउ । सरकारको बिरोध गर्नेलाइ ओलीले नछाड्ने ।
विभिन्न साँकृतिक कार्यक्रम सहित तमु धीं जापानले मनाए २६ औं रोधी साँझ। तृष्णा गुरुङ एण्ड ‘कोलाब ब्याण्डले मचाए धमाका ।
टाइफुन एम्पिलमा तातो हावा प्रवाहका कारण तापक्रम उच्च हुने, घरभित्रै बस्न, व्यायाम नगर्न र पर्याप्त पानी पिउन सल्लाह ।