२०८२ बैशाख ८, सोमवार
  • Namaste Khabar १० असार २०७६, मंगलवार

काठमाडौं । धितोपत्र बजारमा मंगलबार शेयरको कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९६ बिन्दुले बढेर एक हजार २६१.०७ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४ बिन्दुले बढेर २७१.४४ मा पुगेको छ ।

सामान्य अङ्कले बढेको बजारमा मंगलबार कारोवार रकम भने सामान्य देखिएको छ । कूल १७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर रु ३६ करोड ४७ लाख ७३ हजार ३३० बराबरको खरीद–बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये मंगलबार ६ उपसमूहको शेयर बढेको छ भने ६ उपसमूहको शेयर भने घटेको छ । बैंकिङ १.३९, जलविद्युत् १.०२, निर्जीवन बीमा ५.३१, उत्पादन १९.९५, लघुवित्त २.२३ र जीवन बीमा ०.३ अङ्कले बढेको छ । यस्तै व्यापार २.६२, होटल २१.२५, विकास बैंक ०.५२, वित्त ०.७ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा एनसिसी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५३ लाख ८४ हजार ७१६ बराबरको कारोवार भयो । त्यस्तै प्रभु बैंकको रु दुई करोड २८ लाख ८२ हजार ८४४, शिवम् सिमेन्ट रु एक करोड ९१ लाख ९२ हजार ३०९, नेपाल बैंक लिमिटेड रु एक करोड ७९ लाख ४० हजार २४२, सिद्धार्थ बैंक रु एक करोड ३६ लाख ९५ हजार ३११, र मुक्तिनाथ विकास बैंकको रु एक करोड ३६ लाख बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार मंगलबार गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ७.५६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ४.१५ र युनिलिभर नेपालका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाए । यस्तै मल्टिपर्पोज फाइनान्स कम्पनी ९.६६, राधी विद्युत् कम्पनी ५.५९, गुराँस लघुवित्त वित्तीय संस्था ४.७६, अरुण काबेली पावर ४.२१ र मुक्तिनाथ विकास बैंकका शेयरधनीले ३.५ प्रतिशतले गुमाए ।

फेसबुक प्रतिक्रियाहरु