पल शाह नाबालिका बलात्कार मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने
अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको नाबालिका बलात्कारको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको शुक्रबारको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर हेर्ने अनुमति प्रदान गरेको हो। ‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड […]