२०८१ बैशाख १६, आइतवार
  • रिपब्लिक दैनिक ४ वर्ष अगाडि

शान्तिराज राई

विश्व आक्रान्त छ । सबैको मनमा सन्त्रास छाएको छ । अहिले सबैको मनमा एउटै पिर छ । आफू कसरी सुरक्षित रहन सकिन्छ । आफू सुरक्षीत रहे परिवार सुरक्षित रहन्छ । परिवार सुरक्षित रहे समाज सुरक्षीत हुन्छ । समाज सुरक्षित रहे देश र देश सुरक्षित रहे विश्व सुरक्षित रहन्छ भन्ने नै अहिलेको मुल मन्त्र हो ।

विश्व जगत र विश्व अर्थतन्त्रलाई नै धरायासी बन्दै गएकोमा यसको प्रत्यक्ष असर ज्याला मजदुरि गरेर खानेहरुमा देखिन्छ ।

यसैक्रममा विश्व जगतको टाउको दुखाईको विषय बनेको कोभिड १९ नेपालमा अहिलेसम्म देखा नपरेपनी WHO ले नेपाललाई उच्च जोखिम सुचिमा राखेको छ ।

यो सङ्गै ब्यापार व्यावसायमा नि प्रत्यक्ष असर परेको देख्न सकिन्छ । त्यसैले सहयोगि मन भएकाहरु महानुभावहरुले सहयोग गर्ने क्रमपनी बढ्दै गएको छ ।

यसैक्रममा काभ्रे दाप्चा खनालथोक घर भै हाल नयाँ बानेश्वर बुद्धनगर निवासी एक इन्जिनियर दम्पति मंगलाल श्रेष्ठ र उहाको धर्मपत्नि रुक्मिणी श्रेष्ठ ज्युले ज्याला मजदुरि गरेर खाने ५० परिवालाई ६ हजार रुपैयाका दरले सहयोग गर्ने घोषणा गरेका छन ।

श्रेष्ठ दम्पतिको अपिल जस्ताको तस्तै

Corona virus को महामारीले गर्दा दिनभरि कमाइ बिहान बेलुका हात मुख जोड्ने गरेका दैनिकी मजदुरी, नाङ्ले पसले इत्यादी कामगर्दै आएका अति नै बिपन्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका लागि करिब ३ लाख रुपैया (प्रति परिवार रू, ६ हजारका दरले) यो एक महिना पचास परिवारलाई सहयोग गर्ने इच्छा भएकोले सम्बन्धित घरबेटि को सिफारिस र नागरिकता प्रमाणपत्र को प्रतिलिपि सहित आएमा २०७६-१२-१० देखि सहयोग सुरु गर्ने निर्णय गरेको छु |

सम्पर्कको लागी :

मंगलाल श्रेष्ठ मो. न.: 9851061837

रुक्मिणी श्रेष्ठ मो. न: 9851122955

काठमाडौँ

कृपया यो सानो सहयोगको प्रयासलाई सम्बन्धित पक्ष् सम्म पुर्याऊनका लागि share गरी सहयोग गरिदिनहुन सबैमाझ अनुरोध गर्दछु ।

इन्जिनियर दम्पतिको सहयोगी मनलाई हाम्रो टिमको तर्फबाट नि सलाम ।

फेसबुक प्रतिक्रियाहरु