२०८१ बैशाख १५, शनिबार
  • Pramesh Tamu ४ हप्ता अगाडि

काठमाडौं:   इलाम–२ को उपनिर्वाचनमा राश्वपाबाट मिलन लिम्बु उम्मेदवार बन्ने भएका छन् ।   संघीयता र पहिचानको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिवद्धता जनाएपछि आफूले उक्त पार्टीबाट उम्मेदवार बन्ने निर्णय गरेको लिम्बुले  बताएका छन् ।

रास्वपाले उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक ६ जनामध्ये लिम्बुलाई बिहीबार आधिकारिक उम्मेदवार घोषणा गरेको हो । संघीयता र पहिचानको विषयलाई लिएर रास्वपामाथि प्रश्न उठेको विषय आफूले उठाएको र पार्टीले पहिचान र संघीयता विरोधी होइन भनी  आस्वस्थ पारेपछि राश्वपाबाट आफुले  उमेद्वारी दिने निर्णयमा पुगेको  बताउनु भएको छ ।

रास्वपा नेतृत्वले आफूसँगको कुराकानीमा पहिचानको सन्दर्भमा अस्तित्व स्वीकार्ने विषयमा आफूहरुको विरोध नभएको भनी विश्वास दिलाएको पनि लिम्बुले बताए ।

१७ चैतमा उम्मेदवार चयन गर्ने कार्यतालिका बनाएको रास्वपाले त्यसको दुई दिन अघि नै लिम्बुलाई उम्मेदवार बनाउने निर्णय लिएको छ । गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. शेषरमण न्यौपाने उम्मेदवार हुन आकांक्षा राखी नाम दर्ता गराएका थिए । लिम्बुलाई सबै आकांक्षीबाट सर्वसम्मत उम्मेदवार चयन गरिएको रास्वपाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु